कास्की । कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन हुने छन् । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो ।
पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु ठगिँदै आएका थिए । यातायात व्यवस्था कार्यालयले आज सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटरजडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले मिटरमा ट्याक्सी नचलाउने चालकलाई कारबाही हुनेसमेत जनाएको छ ।
कार्यालयका प्रमुख डिल्लीराम रिजालका अनुसार मिटरमा नचल्ने र अटेर गर्ने चालकलाई कारबाही गरिने बताए । उनले भने, ‘यसपटक यो नियम कार्यान्वयन गरी छाड्छौँ ।’ ट्याक्सी मिटरमा सञ्चालन भएरनभएको बारेमा नियमित अनुगमन गर्छौँ । भाडादर २०७८ सालमा प्रदेश सरकारले समायोजन गरेअनुसार हुने उनको भनाइ छ ।
प्रदेशले समायोजन गरेको पछिल्लो भाडादर अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रति दुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसाका दरले भाडा तिर्नुपर्नेछ ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा चलाउन तयार रहेको बताए । “पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा सरकारले भाडादर समायोजन गर्नुपर्छ”, उनले भने । इन्धनको भाउ घटबढ हुँदा स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा तिवारीले जोड दिए । कार्यालयले अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्यरुपले रातो प्लेट ९निजी० सवारीसाधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमासमेत कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...



प्रतिकृया लेख्नुहोस्: