काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।
आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन् । आजको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ ।
फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ । आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।
साथै सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको शेयर मूल्य छ दशमलव ४६ प्रतिशतले घटेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चार दशमलव ८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको चार दशमलव २९ प्रतिशत, शुभम् पावर लिमिटेडको तीन दशमलव ७२ प्रतिशत र सानिमा ग्रोथ फण्डको शेयर मूल्य तीन दशमलव ६९ प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि बजारपुँजीकरण रु ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ दशमलव आठ पैसा पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: