Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कर्णाली नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

खबरडबली संवाददाता

कैलाली । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । 

पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरे । 

“पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ”, उनले भने,  “यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।” 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिए । 

यस्तै विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई  मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए। 

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । “पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ”, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भने, “तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।”

टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ । पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए। 

“नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्”, उनले भने, “यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।” 

टीकापुर पार्क सीमामा बिग बोल्डर हालिँदै 

नदीमा पानीको बहाव बढ्दै गएपछि कटान तीव्र पारिएको टीकापुर–५ स्थित टीकापुर पार्कको सिमानामा नगरपालिकाले बिग बोल्डर हाल्न थालेको छ । नदी कटान तीव्र हुँदा पार्क र बस्ती जोखिममा परेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजना र पालिका मिलेर बिग बोल्डर (ठूला ढुङ्गा) हालेर तटबन्ध थालिएको छ । 

सिँचाइ आयोजनाले ठेक्का लगाएका निर्माण व्यवसायीले तटबन्ध निर्माण नगर्दा बस्ती जोखिममा परेको हो । निर्माण व्यवसायी काममा नआएपछि आयोजना र पालिकाबीच भएको छलफलले आफैँले काम गर्ने सहमतिअनुसार काम थालिएको हो । 

“बस्ती सखाप हुने जोखिम बढेपछि आइतबारबाट सिँचाइ आयोजना र पालिकाका साधन प्रयोग गरी बिग बोल्डर हाल्न थालिएको छ”, वडा नं ५ का वडाध्यक्ष बलबिर थारुले भने, “यो कार्य निरन्तर जारी रहन्छ, लम्कीचुहा र बर्दगोरिया गाउँपालिकाबाट ढुङ्गा ल्याएर नदी नियन्त्रणको प्रयास हुँदैछ ।” 

सिँचाइ आयोजनाले नदी कटानको जोखिममा रहेका पाँच क्षेत्रमा नदी नियन्त्रणका लागि बिग बोल्डर हाल्न गएको चैतमै ठेक्का लगाएको थियो । अन्य ठाउँका निर्माण व्यवसायीले काम थाले पनि टीकापुर–५ मा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले काम नगर्दा समस्या निम्तिएको आयोजनाले जनाएको छ । 

“कर्णाली नदीको मुहानदेखि नै जथाभावी नदी उत्खनन गर्दा आज टीकापुर, जानकी पालिका नदी कटानको जोखिममा परेका हुन्”, सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले भनृ, “हामीले समयमै ठेक्का लगाएका हौँ, पटकपटक अनुरोध गर्दा पनि निर्माण व्यवसायी आएनन्, तत्काल कटान नियन्त्रण गरौँ, बाँकी कार्यालयले निर्माण व्यवसायीलाई कारबाहीलगायतका पक्रिया अघि बढ्छन् ।” 

कर्णाली नदीमा बिग बोल्डर हाल्न थालिएपछि स्थानीय ढुक्क भएका छन् । “नदी कटान तीव्र भएपछि केही दिनदेखि त्रासमा थियौं”, स्थानीय सरोज चौधरीले भने, “नदी फुटेमा कर्णाली नै बस्तीमा बग्ने खतरा छ । पार्क सखाप हुन्छ । टीकापुरका धेरै वडाको पहिचान सकिन्छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending