जाजरकोट । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो ।
बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ । हवाई मार्ग रोकिए पछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन् ।
नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको छ । त्यस्तै कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाजको अवतरण हुनसकेको छैन । वर्षायाममा सडक अवरुद्ध भएकाले बिरामी लैजान सबैभन्दा बढी समस्या हुने भएको सर्वसाधारणले बताए ।
मुगुको सोरु गाउँपालिका–८ पानमती रावलको सात महिनाको गर्भ छ तर उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ । रावलले नेपालगञ्ज जानका लागि आठ दिनसम्म रारा विमानस्थलमा जहाजको पर्खाइमा बिताइन् । त्यस्तै सोरु–८ कै सनिता शाहीले पनि जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा नौ दिन बित्तेको बताइन् । उनलाई बुबाको उपचारका लागि काठमाडौँमा समय मिलाउनुपर्ने बाध्यता छ तर जहाज नआउँदा बुबाको स्वास्थ्य समस्या थपिँदै गएको छ । कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक नभएकाले हवाई मागको बिकल्प खोजिनुपर्नेमा डोल्पाका ठूलिभेरीस्थित जुफालका बालकृष्ण डाँगीले बताए ।
जुफाल विमानस्थलमा दैनिक जहाजको पखाइँमा ५० भन्दा बढी यात्रु आउने गरे पनि जहाज नआउँदा समस्या हुँदै गएको उनले बताए । प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो ।
हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन । डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ । ठूलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ६ दिनसम्म नेपालगन्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नुपरेको बताए ।
नेपालगन्जबाट डोल्पा पुग्दा भारी मात्रामा दु:ख भएको उनको भनाइ थियो । उपल्लो डोल्पास्थित डोल्पोबुद्ध–३ याङ्की गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउदा आमाको उपचार गर्न नपाएको गुनासो गरिन् । स्थलमार्ग हुँदै नेपालगन्ज जाँदा तीन दिन लागेको र दु:ख धेरै पाइएको उनले बताइन् ।
दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए । उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले हवाई उडान भर्न समस्या हुँदा यहाँका नागरिक मर्कामा परेका छन् ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितका लागि प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपेजस्तो भएको छ । यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०८:५६
नवलपुर। नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन ...
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...



प्रतिकृया लेख्नुहोस्: