भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु आफैं पाखा लाग्ने बताएका छन् । पार्टीको सहायक संगठन वाईसीएल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्थाको अन्त्य हुने र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु आफैं पाखा लाग्ने दाबी गरेका हुन् । अबको समयमा पार्टीमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने दाबी गरेका छन् । पार्टीलाई बचाउन पनि आन्तरिक निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।
त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने उनको दाबी थियो । नेता शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्का रुपले हेर्न नहुने बताए । उनले व्यवस्था बदल्न हजारौं सहिदले बगाएको रगत भुल्न नहुने भन्दै नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्याबासी दिनुपर्ने बताए ।
वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै तत्कालिन जनयुद्धका कमाण्डरसमेत रहेका नेता शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको औंल्याए ।
आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र समृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरे पनि त्यसलाई प्रचार गर्न नसकिएको उनको गुनासो थियो । पार्टी विरोधीहरुले फैलाएका भ्रम र अफवाहहरुको प्रतिरोध गर्न उनले निर्देशनसमेत दिए ।
वाईसीएलको दोस्रो मध्यपुर थिमि नगर सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको वाईसीएल भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...
बैशाख ३ गते, २०८३ - ०८:५३
काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...
बैशाख ३ गते, २०८३ - ०८:५१
काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...
बैशाख ३ गते, २०८३ - ०८:४९
प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...
बैशाख ३ गते, २०८३ - ०८:१३
काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...
बैशाख ३ गते, २०८३ - ०८:०९
काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...
बैशाख ३ गते, २०८३ - ०८:०७
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...
बैशाख ३ गते, २०८३ - ०८:०६
चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...


प्रतिकृया लेख्नुहोस्: