Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रधानमन्त्री प्रचण्ड चितवनमै, रोकियो मन्त्रिपरिषद् हेरफेर

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड खराब मौसमका कारण चितवनमा अड्किएका छन् । चितवनबाट उनी आज दिउँसो काठमाडौं आउने र मन्त्रीहरू हेरफेर टु‌गो लगाउने तयारी थियो ।

आजै माओवादीको भागमा परेको एक मन्त्रालयबाट मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रचण्डको तयारी भइरहेको भए पनि प्रचण्ड चितवनमा रोकिएपछि मन्त्री हेरफेर आजलाई टर्ने अवस्था देखिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालयलाई मन्त्रीहरूको हेरफेरको विषयमा तयारी गर्न निर्देशन पनि दिएका थिए । चितवनबाट आइतबार फर्किएलगत्तै मन्त्रीहरू हेरफेर गर्ने प्रधानमन्त्रीको भनाइ थियो । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्री को–को बनाउने र कसलाई हटाउने भन्ने चाहिँ सचिवालयलाई सुइको दिएका छैनन् । त्यसैकारण सचिवालयले पनि आफ्नो सक्रियाता बढाएको छैन र राष्ट्रपति कार्यालयलाई पनि जानकारी गराएको छैन ।

माओवादीले एक मन्त्री फिर्ता गरेर आफ्नै पार्टीको अर्को नेतालाई मन्त्री बनाउने चर्चा पनि चलेको छ । माओवादी नेताहरूका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीलाई फिर्ता बोलाउने चर्चा रहेको छ । तर, अहिलेसम्म दुवैलाई जानकारी भने गराइएको छैन । मोदीलाई फिर्ता बोलाएर जनमतलाई भित्र्याउने प्रचण्डको तयारी रहेको निकट स्रोतले बतयो  ।

पर्यटनमन्त्री किरातीको सन्दर्भमा अहिलेसम्म टुंगो लागेको छैन । किरातीलाई फिर्ता बोलाए नुवाकोटका हितबहादुर तामाङलाई मन्त्री बनाउन सकिने स्रोतको भनाइ छ  । प्रचण्डले तामाङलाई मन्त्री बनाउने वचन पहिला नै दिइसकेका छन् ।

मन्त्रीहरू हेरफेर हुँदा आफ्नो तर्फका मन्त्री फिर्ता बोलाइएमा मन्त्री बनाउन वचन दिएको तामाङले निकटहरूलाई बताउने गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले तामाङलाई संकेत भने गरिनसकेको बताइएको छ ।

त्यसैले, किरातीको हकमा अहिले नै के निर्णय हुँदैछ, त्यसमा भने प्रस्ट भइसकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending