Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

उदयपुरको मौवासीमा पहिरो जाँदा मदन भण्डारी राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

उदयपुर  । लगातारको वर्षाका कारण पहिरो जाँदा  मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि परेको पानीले उदयपुरको उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।

मौवासी खोलाको पुल सूचारुसँगै सडक फराकिलो बनाइ कालोपत्रे बनाउनसाथ माथिबाट पहिरो बगेको लोकमार्गको आयोजना कार्यालय गाईघाटका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताए। आइतबार बिहान ३ बजे गएको पहिरोले लोकमार्गको पचास मिटर सडक पुरेको स्थानीयले बताएका छन्। 

अवरुद्ध सडक सुचारु गर्न जेसिवी र लोडर प्रयोग गरिएको र बिहानैदेखि गएको पहिरो खुलाउन जिल्ला प्रहरी कार्यालय र स्थानीयको सहायता लिए पनि लगातारको वर्षाका कारण समस्या भएकोबताए । 

जेसिवी र लोडेर परिचालन गरिए पनि पानी नरोकिएकाले सम्भव नभएको उनले बताए । जति सफा गर्यो उत्ति नै माथिबाट पहिरो बगेको कारण  मौसममा सुधार हुनसाथ केही सहज हुने उनको भनाइ छ । 

सहजरुपले काम गर्न ट्राफिक प्रहरीको सहायतामा अहिले गाईघाट र कटारीबाट सडक ड्राईभर्सन गरिएको बताउँदै उनले पानी रोकियो भने सम्भवत बेलुकासम्म एकतर्फी सडक सुचारु गर्ने गरी काम गर्ने बताए । 

सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन् भने केही सवारी साधन फर्केर बैकल्पिक सडक प्रयोग गर्न थालेका छन् । अवरुद्ध सडक तत्काल सुचारु नहुने भएपछि पूर्व र पश्चिमबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनलाई गाईघाट र कटारीबाटै महेन्द्र राजमार्गबाट पठाउने व्यवस्था मिलाइएको उनले बताए। 

सडक कालोपत्रे गर्ने क्रममा भित्ताको भागको रकहरु कमसल देखिएका र कालोपत्रे गरेर रोकथाम गर्न वालहरु लगाउने तयारी गर्दा गर्दै पहिरो गएको उनको भनाइ छ ।  दुई दिन अघि पनि सोही ठाउँमा पहिरो गएपछि राती १ बजे आयोजना कार्यालय र त्रियुगा नगरपालिकाको जेसिवीले सफा गरी सडक सुचारु गरिएको थियो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE