Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

महिला तथा दलित जनप्रतिनिधिको गुनासो- योजना निर्माणमा हामीलाई सहभागी गराउँदैनन्

खबरडबली संवाददाता

खोटाङ । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताए । “फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो । हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा उहाँ (वडाध्यक्षज्यू)ले सहभागी गराउनुहुन्न ।”

स्थानीय तहका पुरुष जनप्रतिनिधिमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरूमाथि अन्याय भएको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवं एमालेकी नेतृ पुण्यकुमारी मगरले बताए । 

“म विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा सदस्य हुँ । निर्वाचनपछि गाउँपालिकामा गठन गरिएको कार्यपालिकाको सदस्य भएरसमेत काम गरेको अनुभव छ”, उनले भने, “म हरेक समय सामाजिक काममै बिताउने गरेकी छु । अघिल्लो कार्यकालमा काम गरेका जनप्रतिनिधिसँग केही न केही अनुभव हुन्छ । महिला भएकै कारणले हो वा अन्य कुनै कारण । अहिलेसम्म एकपटक पनि वर्तमान जनप्रतिनिधिले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाका बारेमा छलफल गराएको छैन ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडासदस्य शशिकला राईले महिला तथा दलित महिला सदस्यले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताए। “हामी हाम्रो हक तथा अधिकारका लागि एक्ला–एक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन”, उनले भने, “आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गर्नुपर्ने अवस्था आएको छ । अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ ।”

अन्तक्र्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित १० महिला तथा दलित महिला वडासदस्य सहभागी भएका थिए । उनीहरू सबैको एउटै आवाज थियो, “हामीलाई पुरुष जनप्रतिनिधिले योजना निर्माण तथा बजेट विनियोजनमा सहभागी नगराई विभेदकारी व्यवहार गर्दै आएका छन् ।”

दलित महिला केन्द्र नेपालले ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रमअन्तर्गत ‘राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी व्यवस्थापन र कार्यान्वयनमा अन्तर’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकारलगायतको सहभागिता रहेको अन्तक्र्रियामा संविधानसभा सदस्यद्धय पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गरेका थिए। 

अन्तक्र्रिया कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका कोशी प्रदेश समिति सदस्य टङ्क थापाले अहिले महिला, दलित, जनजातिलगायत जति पनि पछाडि पारिएका व्यक्ति तथा समुदायले प्राप्त गरेका उपलब्धि माओवादीले गरेको दशवर्षे जनयुद्धको जगबाट सम्भव भएको दाबी गरे। “मुलुकमा जति पनि प्रगतिशील उपलब्धि छन् ती सबै माओवादीका कारण प्राप्त भएका हुन् । यसलाई संस्थागत हुन नदिन विभिन्न षड्यन्त्र सुरु भएको छ”, उनले भने, “प्राप्त उपलब्धिलाई संस्थागत गर्न फेरि पनि एकपटक एकताबद्ध हुनुपर्ने अवस्था आएको छ । अन्यथा पहिलेकै अवस्थामा देश पुग्नेवाला छ । त्यसैले बेलैमा सबै सजग हुनुपर्यो ।”

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता अञ्जिल राईले आफ्नो पार्टीले उत्पीडनमा परेका हरेक समुदायको पक्षमा बोलिरहेको बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला सदस्य शिवकुमार भट्टराईले आफूहरू पनि राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्ने अभ्यासमा रहेको जानकारी दिए। 

दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजानको समेत उपस्थिति थियो । स्वीस सरकार विकास सहयोग कार्यक्रम (एसडिसी), अष्टे«लियन एड र माण्डवीको आर्थिक सहयोगमा सञ्चालित ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रम जिल्लाका दुई नगरपालिकासहित आठ स्थानीय तहमा सञ्चालन भइरहेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक इन्दु राईले जानकारी दिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending