कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो ।
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सङ्घीय मन्त्री डा बेदुराम भुसाललाई लागो हस्तान्तरण गरेका हुन् । उक्त लोगो ग्रहण गर्दै मन्त्री डा.भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले सङ्घीय सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
“कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट विश्वभर प्रवाह गर्न सङ्घ सरकार तयार छ”, उनले भने, “रैथाने, प्राङ्गारिक र मूल्यवान कृषि वस्तु उत्पादनमा वृद्धि गर्न सकेमात्र ‘मूल्यवान’ लोगोको अर्थ रहन्छ ।” यसको प्रचारप्रसार विश्वभर गर्न सकिए नेपालकै नाम उँचो हुने र त्यसले मुलुकको गौरव बढाउने मन्त्री डा।भुसालको भनाइ थियो ।
लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पी स्कीन’रोग नियन्त्रणमा राहत, प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गरे । उनले किसानलाई प्राङ्गारिक मलको फाइदाबारे जानकारी दिनुपर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन थर्न सके रासायनिक मलको प्रयोगमा रोकथाम हुने बताए ।
अर्गानिक उत्पादनका लागि प्राङ्गारिक मलको व्यवस्थापन र अनुदानमा विशेष कोटा निर्धारण गरी प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्नसहित मन्त्री शर्माले मन्त्री भुसालको ध्यानाकर्षण गरे । मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषिमन्त्री तथा सचिवसहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई समेत कर्णालीका किसानको सम्पदा ‘मूल्यवान’ हस्तारण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: