Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’को तयारी

खबरडबली संवाददाता

बलेवा । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । 

वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ । 

बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ । हरेलोको दिन खेतमा धुपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । पूजापछि यी परिकार खुर्किएको काठको टुक्रामा राखी मकैको खोस्टामा बाँधेर पोको पारी काठको लिङ्गो बनाई त्यसमा झुन्ड्याएर खेतमा राखिदिने प्रचलन छ । यसरी गाडेका वस्तुले रोग र किराबाट खेती जोगाउने मान्यता छ । त्यसैपछि धुप बालेर खेत तथा तरकारीका झालमा धुपाउने गरिन्छ । हरेक वर्ष भदौको पहिलो मङ्गलबार यसरी गरिने पूजा हरेलो पूजा हो र यसलाई स्थानीय भाषामा हरेलो गर्ने पनि भन्ने गरिएको छ ।    

बागलुङमा पछिल्लो समय हरेलो पर्व मनाउने अर्थात् हरेलो गर्ने चलन घट्दै गएकाले यो परम्परालाई जोगाइराख्नुपर्ने बताउछन् ज्योतिष पण्डित विष्णुप्रसाद पाठक । “हरेलो पूजा खासगरी प्रकृति एवं भूमिको पूजा हो । भूमिको पूजा गर्दा प्रकृतिप्रतिको मानिसको प्रेम रहिरहनुका साथै भूमिले नै अन्न उत्पादन गरी मानव एवं चराचर प्राणीको अस्तित्व राख्ने भएकाले यसप्रतिको सम्मान भावसहितको  पूजाले स्वत: खेतीपातीको सुरक्षा हुने मान्यता छ ।” 

बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको ऐतिहासिक तथ्य भेटिन्छ । खेतीपाती सकेपछि खेतीमा कीराफट्याङ्ग्रा नलागोस् र बाढीपहिरो नआओस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयूँपाटाका भवानीप्रसाद रिजालले बताए  । “बलेवा क्षेत्रमा न्वाई खाने, पुली लिने, हरेलो गर्नेजस्ता अनौठा चलन छन्, यी प्रचलन पुराना हुन्”, रिजालले भने, “हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वको प्रवद्र्धन आवश्यक छ ।”

परम्परागतरुपमा मनाइने हरेलो पर्व विस्तारै लोप हुन लागेकाले यस परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न गत वर्षदेखि यहाँ हरेलो महोत्सव गर्ने गरिएको छ । हरेलोका दिन भैरवस्थानमा पनि पूजा हुने र यहाँ परम्परागत मेला पनि लाग्ने भएकाले यो परम्परालाई निरन्तता दिन यसै दिन मेलाको आयोजना गर्न थालिएको यहाँका स्थानीय एवं बागलुङ नगरपालिका वडा नं १२ का पूर्वअध्यक्ष गुरुदत्त पाठक बताउछन् । 

यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । 

बलेवा क्षेत्रमा नै पर्ने संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथि बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र जैमिनीको हाँडिकोटलाई समेत यहाँबाट जोड्न सकिने भए पनि बागलुङको पर्यटन बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको र सम्भावनाका तुलनामा यसको प्रचार गर्न नसकिएको प्रसङ्ग उल्लेख गर्दै धार्मिक पर्यटनको विस्तार र विकासका लागि मेला महोत्सवहरुको आयोजना गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठक बताउछन् । 

नेपालमा आउने करिब आधा पर्यटक पोखरा आउने भए पनि पोखरा पुगेकामध्ये अतिन्यून पर्यटकमात्र बागलुङ पुग्ने गरेका प्रसङ्ग उल्लेख गर्दै सदस्य पाठकले गण्डकी प्रदेशको सुप्रसिद्ध देवस्थल कालभैरवमा यस प्रदेशका धार्मिक तथा आन्तरिक पर्यटक ल्याउन नसकिएको अवस्थामा यस्ता मेला महोत्सव गरी यहाँको स्थानीयताको देशव्यापी प्रचारप्रसार गर्न सकिएमा जिल्लाको मात्र नभएर गण्डकी प्रदेशकै पर्यटकीय विकासमा टेवा पुग्ने धारणा राखे ।    

बागलुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सञ्जय श्रेष्ठले अधिक सम्भावना बोकेर पनि पछि परेको बागलुङको पर्यटनलाई उजागर गर्न तथा यहाँको स्थानीयताको प्रवद्र्धन गर्न कालभैरवस्थानमा गरिने हरेलो महोत्सवले सहयोग पुग्ने बताउछन् । खासगरी यस्ता मेला महोत्सवहरुमा आफ्ना स्थानीय उत्पादन एवं मौलिकताहरुको पहिचान गराई देशव्यापी बनाउनुपर्ने उनको भनाई छ ।

यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको बागलुङ नगरपालिका वडा नं १२ का वडाध्यक्ष कोपिलामणि शर्माले बताए । 
    
उनले बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल भए पनि यसको महत्व र पौराणिक तथ्यलाई देशव्यापी बनाउन नसकिएकाले हरेलो महोत्सव एवं अन्य प्रचारप्रसारका कामलाई वडाले आगामी दिनमा अघि बढाउने बताए।

गतवर्षबाट सुरु गरिएको यस मेलालाई निरन्तरता दिन लागिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए। “दोस्रो पटक हामीले मेला आयोजना गर्दैछौँ, यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, ढकालले भने, “मेलामार्फत् बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धन सहज हुन्छ, पहिलो हरेलो मेलाले हामीलाई धेरै सिकाएको छ ।” यसपटकको मेलामा विष्णु खत्री, कृष्ण अखेली, राजन कार्की, राजेन्द्र सापकोटा, सीता परियार, कमला गैरे लगायतका कलाकारहरुको प्रस्तुति पनि रहनेछ । 

मेलामा भजन, पञ्चेबाजा, तीज एवं लोक गीत लगायतको प्रस्तुति र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति मेलामा रहने अध्यक्ष ढकालले बताए । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक सरसफाइ, मन्दिर परिसर सरसफाइ, शौचालय र खानेपानीको व्यवस्थापनलागयतका काम सुरु भइसकेका छन् ।  

हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भकुण्डे भ्यू–टावर, मूलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अवलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुर्‍याउनका लागि पहल गरिने पनि मेला आयोजक समितिले जनाएको छ ।  

कालभैरवको दर्शन तथा पूजाले घरपरिवारको दु:ख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले यहाँ आउने गरेको पर्वतको कुश्मा नगरपालिका–८ की पार्वती पौडेलले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबलि दिने चलन पनि अन्त्य भई नसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।

कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट दर्शनार्थी निरन्तररुपमा आउने गरेका छन् ।

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि १७ किलोमिटर दुरीमा भैरवस्थान मन्दिर पर्छ । बजारदेखि यहाँ सवारीसाधनमा एकदेखि डेढघन्टामा र पैदल हिँडेर बढीमा तीन घन्टामा पुग्न सकिन्छ । 

साविकका छ वटा गाविसलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटमा रहेका कालभैरवले छवटै गाविसका किसानलाई रक्षा गर्छन् भन्ने मान्यता पनि रहिआएको छ । बलेवामा बाइसेचौबिसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्य बताउनुहुन्छ । यसरी यहाँ मन्दिर स्थान भएदेखि नै करिब दुई सय वर्षअघिदेखि चलेका विविध परम्परा र संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम नै छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE