झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको छ ।
बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वार्ड कमिटी र टोल कमिटीका अधिवेशनहरु चैत्र मसान्तसम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए ।
एमाले झापाले आफ्ना जनप्रतिनिधिहरुले गरेको कामको मुल्यांकन, सदस्यता नवीकरण, कमिटीहरुको अवस्था, पार्टीको कार्ययोजनाहरु बारे छलफल गर्दै सुझावहरु संकलन पनि गरेको छ ।
एमालेको स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, पार्टीका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीबाट क्षेत्रको जिम्मेवारी तोकिएका इन्चार्जहरु, पाँचवटै निर्वाचन क्षेत्रका संयोजकहरु र १५ वटै पालिकाका इन्चार्जहरुको समेत उपस्थिति रहेको उक्त बैठकले पार्टीको आगामी कार्ययोजनामाथि छलफल गरेको थियो ।
बैठक सम्पन्न भए पश्चात एक विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष दिपक कार्कीले १९ हजार ५ सय ६७ सदस्यहरुले सदस्यता नविकरण गरेको जनाएका छन् । उनका अनुसार १५ वटा पालिकाका सबै वडाहरुका सबै टोलमा सकृय कमिटी रहेका छन् ।
बैठकमा नेताहरुले एमाले झापालाई थप चुस्त र प्रभावकारी बनाउन केन्द्रीय र कोशी प्रदेश कमिटीका नेताहरुले सुझाव समेत राखेका थिए । बैठकमा झापाको राजनीतिक अवस्था, जनताका समस्याहरु, जनप्रतिनिधिहरुको काम, पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक अवस्थाको बिषयमा नेताहरुले धारणा एवम् सुझावहरु राखेका थिए ।
बैठकमा पार्टी स्थायी कमिटी हिक्मत कार्की, पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले समसामयिक राजनीतिक परिस्थिती, पार्टी केन्द्रीय कमिटीका फैसलाहरु र तत्काल गरिनु पर्ने पार्टीका कार्यभारहरुका बिषयमा निर्देशनात्मक भनाईहरु राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: