Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अविरल वर्षा हुँदा डुबानको त्रासमा रातभर जाग्राम, जङ्गे सीमास्तम्भ बग्यो

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी वर्षा भइरहँदा नजिकैको मोहना नदीले निम्त्याउन सक्ने डुबान र कटानको जोखिमको त्रासमा रातभर जाग्राम बस्छन् ।

सममा मोहनामा बाढी उर्लिएर आउँदा निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि गाउँवासीलाई निरन्तर सूचना दिनुपर्छ, गए राति १० बजेदेखि आफू नसुतेरै नदीको बहाव मापन गर्दै रात काटियो ।” उनी मोहना नदीको बहाव मापन गर्ने जिम्मेवारी (गेज रिडर)का रूपमा काम गर्दै आएका छन् । राति चेतावनी तहमा पुगेको मोहनाको बाढीको बहाव आज मध्याह्नदेखि घट्दै गएको उनले बताए ।

सोही गाउँका सुरेश चौधरीले वर्षा नभए किसानलाई खेती गर्न समस्या, बढी वर्षा भए डुबान कटानको समस्याले नदी तटीय क्षेत्रका बासिन्दाले हैरानी खेप्नुपरेको बताए । उनले भने, “बढी वर्षा हुँदा डुबान कटानको त्रास, वर्षा नहुँदा पानीको अभावमा खेतीपाती बिग्रिने पिर ।”  

वर्षायाममा जिल्लाको होचो भूभागको बस्तीका घरपरिवारका सदस्य राति नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको अनुभव छ । वर्षाका कारण हुनसक्ने डुबान एवं कटानको त्रासका कारण नदी तटीय क्षेत्र नजिकको होचो भूभागको बस्तीका धेरै परिवार रातमा जाग्राम बसेरै बिताउने गर्छन् ।

बिसनपुरका गाउँका मानबहादुरसहितका परिवार नजिकैको मोहना नदीको बाढीको त्रासमा रातमा निदाउँदैनन् । उत्तरबाट दक्षिणतर्फ बग्ने नदीको सतहमा बालुवा, माटो, ढुङ्गा थुपिँदा यसको सतह पनि बढेको छ । जसका कारण सामान्य वर्षा हुँदा पनि नदीको बाढी गाउँबस्तीमा पुगेर क्षति हुने गरेको छ ।

उनीहरूका अनुसार तीन चार दशक पहिले बस्तीमा बितण्डा मच्चाउने गरी नदीमा एक्कासि यस्तो बाढी आउँथेन । पछिल्ला वर्षमा नदीमा एक्कासि बाढी आउने समस्या बढ्दै जाँदा डुबान र कटानको जोखिम बढ्दै गएको छ । 

वर्षासँगै जिल्लाका विभिन्न नदीको बाढी बस्तीमा पसेपछि भजनी, गोदावरी, घोडाघोडी, जोशीपुर र कैलारी क्षेत्रमा गरी झण्डै चार सय ६३ घर र एक पसलमा पानी पसेर क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । 

जिल्लाका विभिन्न ठाउँमा डुबानबाट बिचल्लीमा परेका व्यक्तिको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ । जिल्लाको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरलगायतका धार्मिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीपछि जोखिममा परेका बटुकलगायतका व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो । 

वर्षासँगै धनगढी–डेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बूढीतोला सडकखण्ड ठाउँठाउँमा भासिँदा अवरुद्ध भएको यातायात सेवा साँझसम्म सुचारु हुन सकेको छैन ।  

जङ्गे सीमास्तम्भ बग्यो 

पश्चिमबाट पूर्वतर्फ हुँदै बग्ने मोहना नदीमा आएको बाढीको कटानबाट धनगढी उपमहानगरपालिका–९ को नेपाल–भारत सीमा क्षेत्र नजिकको ७४८ नम्बरको जङ्गे सीमास्तम्भ बगाएको छ । वडाअध्यक्ष प्रेमबहादुर भण्डारीले नदीले कटान गर्दा गए राति उक्त सीमास्तम्भ बगाएको बताए । 

“सीमास्तम्भ वरिपरि दुवै देशका सुरक्षा अधिकारीको समन्वय र सहयोगमा जैविक तटबन्धन गरेका थियौँ, रातिको बाढीले सीमास्तम्भसहित जैविक तटबन्धन बगाएको छ”, उहाँले भन्नुभयो, “सीमास्तम्भ जोगाउने प्रयासका लागि विगतमा पक्की तटबन्धन निर्माणको पहलस्वरूप उपमहानगरपालिकाका प्रमुखसँग गरिएको आग्रह सफल हुन नसक्दा बाढीले अहिले सीमास्तम्भ बगाएको छ  ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending