बाँके । एकैपरिवारका चारसहित ६ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् ।
शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित छिन् ।
उक्त कार दुर्घटनामा निलान्स र सुनितीसँगै बलरामपुर ससुरालीबाट श्रीमती र छोराछोरी लिएर नेपालगञ्ज घर फर्किंदै गरेका वैभव गुप्ताको परिवारका चारै जनाको दु:खद् निधन भएको छ । शनिबार साँझ भएको यो दुर्घटनाले नेपालगञ्जको त्रिभुवनचोक शोकमग्न हुन पुगेको छ ।
शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न तथा वैभव माइतीमा रहनुभएकी श्रीमती दिपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो ।
नेपालगञ्जको त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक निलान्स र सुनितीका पिता सन्तोष गुप्ताले दुई परिवारका छ जना एउटै गाडीमा शनिबार बिहान बलरामपुर पुगेर साँझ घर फर्किंने गरी यात्रा गरेको जानकारी दिए ।
दुर्घटनाको खबरले नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयको भीड लागेको स्थानीय दिपानन्द गुप्ताले बताए ।
एकै परिवारका चारसहित ६ जना गुमाउनु पर्दा आफन्तजन र स्थानीय छरछिमेकी शोकमग्न भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले बताए ।
स्थानीय ब्राइटल्याण्ड कलेजमा बिबिएसमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएका छन् । घटनाले स्तब्ध हुन पुगेका साथीहरु बिहानैदेखि सुनितीको घरमा जम्मा भएको सहपाठी आकृति रानाले बताइन् ।
भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्राबस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय वैभव गुप्ता, वैभवकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता, तीन वर्षीय छोरा डल्लु र छ महिनाकी छोरी श्रीया तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स र छोरी २० वर्षीय सुनितीको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक भारतीय नागरिक अजय मिश्रको उपचार भइरहेको छ । मृतककको भारतको बहराइचमा शव परीक्षण भएपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: