बाँके । एकैपरिवारका चारसहित ६ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् ।
शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित छिन् ।
उक्त कार दुर्घटनामा निलान्स र सुनितीसँगै बलरामपुर ससुरालीबाट श्रीमती र छोराछोरी लिएर नेपालगञ्ज घर फर्किंदै गरेका वैभव गुप्ताको परिवारका चारै जनाको दु:खद् निधन भएको छ । शनिबार साँझ भएको यो दुर्घटनाले नेपालगञ्जको त्रिभुवनचोक शोकमग्न हुन पुगेको छ ।
शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न तथा वैभव माइतीमा रहनुभएकी श्रीमती दिपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो ।
नेपालगञ्जको त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक निलान्स र सुनितीका पिता सन्तोष गुप्ताले दुई परिवारका छ जना एउटै गाडीमा शनिबार बिहान बलरामपुर पुगेर साँझ घर फर्किंने गरी यात्रा गरेको जानकारी दिए ।
दुर्घटनाको खबरले नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । गुप्ताको घरमा आफन्तजन र स्थानीयको भीड लागेको स्थानीय दिपानन्द गुप्ताले बताए ।
एकै परिवारका चारसहित ६ जना गुमाउनु पर्दा आफन्तजन र स्थानीय छरछिमेकी शोकमग्न भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले बताए ।
स्थानीय ब्राइटल्याण्ड कलेजमा बिबिएसमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएका छन् । घटनाले स्तब्ध हुन पुगेका साथीहरु बिहानैदेखि सुनितीको घरमा जम्मा भएको सहपाठी आकृति रानाले बताइन् ।
भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्राबस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय वैभव गुप्ता, वैभवकी श्रीमती ३२ वर्षीया दिपिका गुप्ता, तीन वर्षीय छोरा डल्लु र छ महिनाकी छोरी श्रीया तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स र छोरी २० वर्षीय सुनितीको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक भारतीय नागरिक अजय मिश्रको उपचार भइरहेको छ । मृतककको भारतको बहराइचमा शव परीक्षण भएपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - ११:२१
संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...
आषाढ़ २२ गते, २०८३ - १०:५६
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...
आषाढ़ २२ गते, २०८३ - १०:३९
काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...



प्रतिकृया लेख्नुहोस्: