भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् ।
वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको स्थानीयवासी टङ्क घिमिरेले बताए । स्थानीयको श्रमदानले राज्यको धेरै बजेट बचत हुने उनको भनाइ छ ।
“आफ्नो ठाउँ कस्तो बनाउने भन्नेमा स्थानीयको ठूलो भूमिका हुन्छ”, उनले भने, “हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ । तर त्यस्तो होइन । हामीले यस्ता साना काम गर्न सक्यौँ भने राज्यको निकै ठूलो लगानी बच्छ । हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेका छौँ ।”
श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए । त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरेको अध्यक्ष माङ्पाहाङ्गको भनाइ छ ।
यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए । “स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ । सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।”
यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए ।
बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्पाहाङ्गको भनाइ छ । “हामीले श्रमदानमार्फत विभिन्न काम गर्दै आएका छौँ”, उनले भने, “खासगरी डम्पिङ क्षेत्र नहुँदा फोहर व्यवस्थापनमा समस्या रहेको छ । नजिकमा रहेको जग्गा स्थानीयजासीको भएका कारण प्लास्टिक तथा बोलतलाई व्यवस्थापन गर्न समस्या छ । यसमा सबै क्षेत्रको सहयोग भए सहज हुने थियो ।”
यहाँ महिनामा दुईपटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानी पुर्याउने खालका धेरै फोहर सङ्कलन हुने उनको भनाइ छ । फोहोर व्यवस्थापन यहाँको ठूलो चुनौतीका रूपमा रहेको वडाध्यक्ष माङ्पाहाङ्गले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १४:४३
काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...
जेष्ठ ५ गते, २०८३ - १४:२५
काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...
जेष्ठ ५ गते, २०८३ - १४:०३
सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ
जेष्ठ ५ गते, २०८३ - १३:४९
काठमाडौं । सर्वोच्च अदालतमा देखिएका पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गरेका छन्। ने...
जेष्ठ ५ गते, २०८३ - १२:५९
काठमाडौं। प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपालका सांसद ध्रुवराज राईले सरकारले जनताको पीडा बेवास्ता गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बै...
जेष्ठ ५ गते, २०८३ - १२:४८
काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ...
जेष्ठ ५ गते, २०८३ - १२:३८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानाकर्ष...
जेष्ठ ५ गते, २०८३ - १२:०८
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आज दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव...
जेष्ठ ५ गते, २०८३ - ११:५६
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले मंगलबार अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवाल...
जेष्ठ ५ गते, २०८३ - ११:४५
नेपालगन्ज। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बाँकेमा सञ्चालन गरिएको विशेष सवारी चेकजाँच अभियानका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जनालाई प...



प्रतिकृया लेख्नुहोस्: