Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

काठमाडाैं प्रहरी परिसर टेकु घेराउ, अवस्था तनाव ग्रस्त

६ महिलासहित २८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् । आज कलाकार तथा तामाङ र मगर समुदायले प्रहरी परिसर टेकु घेराउ गरेका हुन् । 

आन्दाेलन गर्न पुगेका तामाङ कलाकारहरुले  परिसरकाे कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेकाे छ । प्रर्दशनका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए । 

अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।   प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको आन्दोलनकारीले जनाएका छन् ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा दिएकाे अभिव्यक्तिलाइ लिएर नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको हो । पक्राउ पुर्जी जारी एसँगै प्रहरीले पाण्डेको खोजी जारी राखेको छ । प्रहरी परिसरबाट पत्रकारलाईसमेत हटाउन थालेपछि पत्रकारहरुले क्यामेरा नै डाउन गरेर बिरोध जनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending