Ntc summer Offer
Khabar Dabali ३ असार २०८२ मंगलवार | 17th June, 2025 Tue
Investment bank

सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदै, काे-काे बन्दै छन् मन्त्री ?

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई आज पूर्णता दिने गरी तयारी भएकाे छ । प्रदेशमा दुई मन्त्री र १ राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सत्ता गठबन्धन घटक दल नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको सहमति अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको हाे ।

 आफूहरुले सरकारमा जाने मन्त्रीहरुको पुरानै नाम सदर गरेको र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरीलाई सो मन्त्रालयको राज्यमन्त्रीको लागि सिफारिस गरिएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए  । यसअघि पनि रामेश्वर र कैलाशको नाम सिफारिस गरिएको थियाे ।

कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकबाट रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ । बैतडीबाट निर्वाचित सांसद शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस निकट स्राेतले बताएकाे छ ।

नव नियुक्त मन्त्रीहरुकाे आज साँझ ७ बजे  शपथ ग्रहण गराइने बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले किसानलाई मलखाद नदिएर जिउँदै मारिरहेको छ: प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् । गृह जिल्ला...

सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि...

सुविधायुक्त खेल मैदान र कक्षा कोठा खाली, शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

मलामी गएका बालकको नदीमा डुबेर मृत्यु

दैेलेख । दैलेखमा मलामी गएका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ।  गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको सोमबार मलामी गएको बेला रतिखोला घ...

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चालक घाइते

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उप...

विवाह हुनु एक दिनअगाडि प्रेमीसँग मिलेर हुनेवाला बेहुलाको हत्या

काठमाडौं ।  मध्य प्रदेश इन्दौरका इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा पत्नीबाट मारिएको घटना भारतभर चर्चाको विषय बनिरहेका बेला त्यस्तै प्रकृतिको झन् ख...

मनसुनी वायुको प्रभावः केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू९भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ।  यसका साथ...

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य...

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ...

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व  सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक ल...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending