Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

'आम्मा कसम याँ दुख्छ' को दोस्रो सिजन आउँदो शनिबारबाट

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो 'आम्मा कसम याँ दुख्छ' को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ ।  दोस्रो सिजनको पहिलो भागमा राजनितिज्ञ केशव स्थापित रहेका छन् ।

यो शो प्रत्येक शनिबार राती ८ः४५बजे नेपाल नेटवर्क टेलिभिजन  (एनएनटिभी) र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण हुने  छ । पहिलो सिजनको तुलनामा अझै राम्रो र केहि परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ । शोकी निर्देशक श्रृद्धा प्रसाईका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरन्जन लिन सक्नेछन् । उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मिहिनत पनि बढी गरिरहेका छौं । साथै परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’

शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ बिशेष भएको जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागी पनि बिभिन्न कलाकारदेखी राजनितिज्ञसँग कुरा भइरहेको जानकारी गराए । बढी ब्यंग्य हुने भएकाले गेष्ट आउन गाह्रो मान्छन् रे नि भन्ने सन्चारकर्मिहरुको प्रश्नमा बिक्की भन्छन्, ‘पहिलो सिजनमा केहि समय त्यस्तो भएको हो तर अहिलेको सिजनमा त्यो छैन । किनकी हामीले अहिलेको सिजनमा गेष्टलाई पहिलेनै यत्तिको ब्यंग्य गर्दैछौं अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाहरुले कुनै दृश्य नराख्नु भन्नुभयो भने सम्पादन गरिदिने गरेका छौं ।’

शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईँले गरेका छन् । चापागाईँका अनुसार पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका लागी धेरै सहज भएको छ । ‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो । पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन । एकपटक बुझाएपनि गेष्ट आउन खोज्नुहुन्छ । किनकी हाम्रो शोको फम्र्याट नबुझेर मात्रै सुरुमा केहि समय गाह्रो भएको हुन सक्छ ।’ चापागाईँले भने । ‘अहिलेको सिजनमा आउनुभएका गेष्ट निकै खुसी हुनुहुन्छ र छायांकन गर्न बाँकी भागका लागी पनि केहि कलाकार तथा राजनितिज्ञसँग कुरा भइसकेको छ ।’

एन क्यासको प्रस्तुती रहेको आम्मा कसम याँ दुख्छको पहिलो भागको प्रोमोमा केशव स्थापित खुलेरै शोमा गएको देखिन्छ । प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइमेन्टका प्रमुख रबिन्द्र कुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

यस शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् । यस्तै दोस्रो सिजनका लाग्ी रिपोर्टर पिंकुको भूमिकामा प्रनेश चौतम भित्रिएका हुन् । शोको लेखनको काम शुशान्त बस्याल र बिकाश अर्याल रहेका छन् भने शोको स्टाइलिस सुदेशना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending