काठमाडाैँ । खोटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीलाई गाउँपालिकाले हटाएकाे हाे ।
गाउँपालिकाको अभिलेखसम्म नभएकाले उनीहरु सबैलाई हटाएर नयाँ नियुक्त गर्नेगरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए।
कसैलाई काखा र कसैलाई पाखा नगरीएकाे र अधिकांश करारका कर्मचारीको अभिलेख भएका र नभएका सबैलाई हटाउने निर्णय गरिएकाे उनले बताए । ‘५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रतिव्यक्ति पाँच लाख र त्योभन्दा मुनिका कर्मचारीलाई ४५ दिनको सेवासुविधा दिनेगरी हटाइएकोउनकाे भनाइ छ । उमेरले भ्याउने करारका कर्मचारीले अब खुलाइने विज्ञापनमा समेत आवेदन दिनसक्ने व्यवस्था मिलाएकाे अध्यक्ष राघकाे भनाइ छ ।
गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले करारमा कार्यरत सबै कर्मचारी हटाएको गाउँपालिकाले जनाएको छ । करारमा कार्यरत सबै कर्मचारी हटाइएसँगै नयाँ नियुक्ति लागि प्रक्रियासमेत अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जानकारी दिए।
सात वडा रहेको उक्त गाउँपालिकामा ६४ स्थायी कर्मचारीको दरबन्दी रहेपनि छैटौँ तहका अधिकृत दुई, वडा सचिव पाँचजना, प्राविधिक पाँचजना, एकजना लेखापाल, एकजना कम्प्युटर अपरेटर, शिक्षा शाखाका दुईजना प्राविधिक सहायक, स्वास्थ्य शाखामा एकजना अनमी र महिला तथा बालबालिका शाखामा एकजना महिला सहायकमात्र स्थायी रहेका छन्।
गाउँपालिकामा आवश्यक दरबन्दी अनुसारको कर्मचारीका लागि सम्बन्धित निकायमा माग गरिएपनि अहिलेसम्म सम्बोधन हुन नसकेको गाउँपालिकाका प्रमुख राईले बताए।
अधिकांश शाखामा करारका कर्मचारीमार्फत सेवा हुँदै आएको उक्त गाउँपालिकामा एकैसाथ सबै करारका कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या हुने सम्भवना देखिएको स्थानीय बासिन्दाले बताएका छन्।
एमाले नेतृत्वको गाउँकार्यपालिका बैठकले अघिल्लो काँग्रेस नेतृत्वको स्थानीय सरकारले नियुक्त गरेको सबै करारका कर्मचारी एकैसाथ हटाउनुमा राजनीतिक पूर्वाग्रह रहेको उनीहरुले बताएका छन्।
दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो।
अघिल्लो स्थानीय सरकारले कार्य दक्षताभन्दा आफ्नो कार्यकर्तालाई संरक्षण गर्ने उद्देश्यले करारमा कर्मचारी नियुक्त गरेको जनाउँदै पुरानालाई हटाएर नयाँ नियुक्त गरेको हो।
स्थानीय तहको निर्वाचनमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जितेको जिल्लाका तीन स्थानीय तहले करारका कर्मचारी हटाएको बिरोधमा एमालेले आन्दोलनसमेत गरेको थियो।
जिल्लामा चारवटामा बाहेक अन्य स्थानीय तहमा अहिलेसम्म करारमा नियुक्त भएका पुराना कर्मचारीलाई हटाइएको छैन। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेसले छ तथा एमाले ,नेकपा माओवादी केन्द्रले दुईरदुई स्थानीय तहमा स्थानीय सरकारको नेतृत्व गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - ०८:३५
जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...
जेष्ठ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...
जेष्ठ ३१ गते, २०८३ - ०८:२३
धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...
जेष्ठ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...
जेष्ठ ३१ गते, २०८३ - ०८:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...
जेष्ठ ३१ गते, २०८३ - ०८:०५
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...
जेष्ठ ३१ गते, २०८३ - ०८:०१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...
जेष्ठ ३१ गते, २०८३ - ०७:५७
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...
जेष्ठ ३१ गते, २०८३ - ०७:४९
इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...
जेष्ठ ३१ गते, २०८३ - ०७:४७
कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...



प्रतिकृया लेख्नुहोस्: