काठमाडाैँ । खोटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीलाई गाउँपालिकाले हटाएकाे हाे ।
गाउँपालिकाको अभिलेखसम्म नभएकाले उनीहरु सबैलाई हटाएर नयाँ नियुक्त गर्नेगरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए।
कसैलाई काखा र कसैलाई पाखा नगरीएकाे र अधिकांश करारका कर्मचारीको अभिलेख भएका र नभएका सबैलाई हटाउने निर्णय गरिएकाे उनले बताए । ‘५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रतिव्यक्ति पाँच लाख र त्योभन्दा मुनिका कर्मचारीलाई ४५ दिनको सेवासुविधा दिनेगरी हटाइएकोउनकाे भनाइ छ । उमेरले भ्याउने करारका कर्मचारीले अब खुलाइने विज्ञापनमा समेत आवेदन दिनसक्ने व्यवस्था मिलाएकाे अध्यक्ष राघकाे भनाइ छ ।
गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले करारमा कार्यरत सबै कर्मचारी हटाएको गाउँपालिकाले जनाएको छ । करारमा कार्यरत सबै कर्मचारी हटाइएसँगै नयाँ नियुक्ति लागि प्रक्रियासमेत अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जानकारी दिए।
सात वडा रहेको उक्त गाउँपालिकामा ६४ स्थायी कर्मचारीको दरबन्दी रहेपनि छैटौँ तहका अधिकृत दुई, वडा सचिव पाँचजना, प्राविधिक पाँचजना, एकजना लेखापाल, एकजना कम्प्युटर अपरेटर, शिक्षा शाखाका दुईजना प्राविधिक सहायक, स्वास्थ्य शाखामा एकजना अनमी र महिला तथा बालबालिका शाखामा एकजना महिला सहायकमात्र स्थायी रहेका छन्।
गाउँपालिकामा आवश्यक दरबन्दी अनुसारको कर्मचारीका लागि सम्बन्धित निकायमा माग गरिएपनि अहिलेसम्म सम्बोधन हुन नसकेको गाउँपालिकाका प्रमुख राईले बताए।
अधिकांश शाखामा करारका कर्मचारीमार्फत सेवा हुँदै आएको उक्त गाउँपालिकामा एकैसाथ सबै करारका कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या हुने सम्भवना देखिएको स्थानीय बासिन्दाले बताएका छन्।
एमाले नेतृत्वको गाउँकार्यपालिका बैठकले अघिल्लो काँग्रेस नेतृत्वको स्थानीय सरकारले नियुक्त गरेको सबै करारका कर्मचारी एकैसाथ हटाउनुमा राजनीतिक पूर्वाग्रह रहेको उनीहरुले बताएका छन्।
दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो।
अघिल्लो स्थानीय सरकारले कार्य दक्षताभन्दा आफ्नो कार्यकर्तालाई संरक्षण गर्ने उद्देश्यले करारमा कर्मचारी नियुक्त गरेको जनाउँदै पुरानालाई हटाएर नयाँ नियुक्त गरेको हो।
स्थानीय तहको निर्वाचनमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले जितेको जिल्लाका तीन स्थानीय तहले करारका कर्मचारी हटाएको बिरोधमा एमालेले आन्दोलनसमेत गरेको थियो।
जिल्लामा चारवटामा बाहेक अन्य स्थानीय तहमा अहिलेसम्म करारमा नियुक्त भएका पुराना कर्मचारीलाई हटाइएको छैन। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नेपाली काँग्रेसले छ तथा एमाले ,नेकपा माओवादी केन्द्रले दुईरदुई स्थानीय तहमा स्थानीय सरकारको नेतृत्व गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: