Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

धारिलो हतियार प्रयोग गरी हत्या

कावासोती । नवलपरासीको कावासोती–१३  स्थित  बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका  प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका  ४८ वर्षका वीरबहादुर तामाङको गएराति ९ः३० बजे हत्या भएको हो । हत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्या कसले गरेको भन्ने यकिन हुन सकेको छैन । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासीमा पछिल्लो समयमा धारिलो हतियार घाँटीमा प्रयोग गरेर हत्या भएका घटना बढ्दै गएका छन् । अर्खलामा केही समय अगाडि आफ्नै श्रीमान्ले श्रीमतीको घाँटी छिनाएर हत्या गरेका थिए । मृतक तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको प्रहरीले जनाएको छ । आक्रमणमा दुई युवती गम्भीर घाइते यसैबीच, लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् । तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ । लुटेराले गएराति घरको मूलगेटको ताला फोडी २० वर्षकी रेश्मा कार्की ९सिग्देल० र उनकी बहिनी वर्ष १६ की रुपा कार्की बस्ने कोठाको ढोका खोलेर दिदीबहिनीलाई हातपात गरी दिदीले लगाएको सिक्री लुटेर लुटेरा भागेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिए । लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद,  लगाएका  गहना  लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिए । गम्भीर घाइते भएका दिदीबहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको अवस्थाबारे प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी लिइरहेका बताईएको छ । वर्षायाम र चाडबाड सुरु हुँदैगर्दा यस्ता चोरीका घटना बढ्ने भएकाले प्रहरीले व्यापक खोजतलास र निगरानी बढाएको  प्रहरी नायब उपरीक्षक तिवारीले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending