Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बाढीपहिरोको जोखिममा हुम्लाका गाउँ

खबरडबली संवाददाता

सिमकोट । लगातारको वर्षासँगै आएको बाढीपहिरोले हुम्लाको सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ८ को राहदेउ गाउँ जोखिममा परेका छन् । तीन हप्तादेखि लगातार परेको वर्षाले जिल्लाको मध्य क्षेत्रमा रहेका रिप र राहदेउ गाउँ पहिरोको जोखिममा परेका हुन् ।

अविरल वर्षाका कारण साउन १२ गते राति गाउँ वरिपरि ठूलो बाढीपहिरो जाँदा पहिरोको जोखिम थप बढेको स्थानीय भक्ति फडेराले बताए । रातिदेखि बाढी, पहिरो आउन थालेपछि वरिपरि हिलाम्मे पहिरो बगिरहेको र स्थानीय बीचको टाप्पुमा रहेका उनले जानकारी दिए । 

यहाँबाट निस्कन ढिलो भए गाउँका पाँच सयभन्दा बढी नागरिक पहिरामा विलयन हुने फडेराले गुनासो गरे । “यहाँका स्थानीय बीचको टाप्पुमा बसेका छौँ । टाप्पुबाट वारपार गर्ने कुनै स्थान छैन”, उनले भने, “गाउँको विद्युुत्, खानेपानीको मुहान, खेतीरबाली सबै बाढीले बगाएर लगिसक्यो । अब बाँकी एउटा गाउँ र हामी मात्रै छौँ, कतिखेर बगाउने हो पत्तो छैन ।” 

दुई दिनदेखि घरभित्र नबसेर भोकभोकै बाहिर खुला ठाउँमा बसेको स्थानीय दलजित कार्कीले बताए । “सरोकारवाला निकायसँग उद्धारको अनुरोध गरेका छौँ”, उनले गुनासो गरे, “अहिलेसम्म उद्धार हुन सकेको छैन । 

सिङ्गो गाउँ नै जोखिममा रहेको सर्केगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले बताए । उनका अनुसार पहिरोले ५० हजार हेक्टर कृषि क्षेत्र र आवास क्षेत्रमा क्षति पुर्‍याएको छ । रिपगाड र लिप्ने खोलामा रहेको पुल पूर्णरुपमा क्षति भई आवतजावतमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार रिपगाड खोला जलविद्युत्मा क्षति हुनाका साथै खानेपानी, सञ्चार, शिक्षाका पूर्वाधारलगायतमा क्षति भई जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड वडा नं २ को रिप र वडा नं ८ को सर्केदेउ गाउँमा बाढीपहिरोले भौतिक क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार मानवीय क्षति नभए पनि घर, जलविद्युत् आयोजना, सडकलगायत संरचनामा क्षति पुगेको छ । 

“सर्केदेउगाउँका दलबहादुर रोकायको घर भत्किएको छ । रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँले समस्यामा छन्”, प्रवक्ता मल्लले भने । उनका अनुसार यस गाउँका २५ परिवारलाई घर खाली गराएर सुरक्षित स्थानमा सारिएको छ । “यहाँको जलविद्युत् आयोजनामा क्षति पुगेपछि गाउँ अन्धकार हुनाका साथै सडक र सञ्चार सम्पर्क विच्छेद भएको छ”, उनले भने, “बाढीपहिरोबाट कति भौतिक क्षति भएको सोको यकिन विवरण आउन सकेको छैन ।” 

शुक्रबार नै बाढी पहिरोले क्षति पुर्‍याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाइएको थियो । पहिरोका कारण बाटो भत्किएकाले सो टोली सर्केगाड गाउँसम्म पुग्न नसकेपछि आज फेरि अर्को टोली बाढीपहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बाढीपहिरोबाट पुर्‍याएको क्षतिको अनुगमन गरी राहत तथा पीडितलाई उद्धार गर्न प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसमक्ष साउन १३ गते स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त क्षेत्रमा बाढीपहिरोको जोखिम रहेको जानकारी पाएपछि सोही दिन सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृवमा ५५ सुरक्षाकर्मीको टोली बाढीपहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको जानकारी दिए ।  

सुरक्षाकर्मी बाटोमै रोकिएपछि हवाई अनुगमन

जिल्लाको राहदेउ, उनापानी ग्युसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोबाट भएको क्षति अनुगमन तथा उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली बीच बाटोमै रोकिएको छ । 

शनिबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट हिँडेको प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वको सुरक्षाकर्मीको टोली खार्पुनाथ–१ को चिसामुलमा पहिरो जाँदा सुनाखाडामै रोकिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीको टोली बाढीपहिरो प्रभावित स्थान नपुग्दै बाटोमा पहिरो आएपछि सुनखाडामा रोकिएका हुन् ।

स्थलमार्गबाट गएको टोली बाटोमै रोकिएपछि बाढीपहिरो प्रभावित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा हेलिकप्टरमार्फत स्थलगत अनुगमन गरिएको छ । सेनानी खड्का, सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावत, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक कुञ्जनप्रताप मल्लसहितको टोलीले माउन्टेन एयरको हेलिकप्टरबाट रिप, राहदेउ र उनापानी क्षेत्रको अनुगमन गरेको थियो ।

शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले मानवीय क्षति नभए पनि पुल–पुलेसा, खेतबारी, बिजुली, सडक, खानेपानी, सिँचाइ, घट्ट र अन्नबालीमा ठूलो क्षति भएको पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावतले बताए । उनका अनुसार खोलामा आएको बाढीले विभिन्न स्थानमा रहेका पुल बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा आवतजावत गर्नसमेत समस्या भएको छ ।

पहिरोबाट भएको क्षतिको विवरण सर्केगाड प्रहरी चौकीबाट घटनास्थलमा खटिएको टोलीले सङ्कलन गरिरहेको प्रहरी निरीक्षक मल्लले बताए । उनका अनुसार एक हप्तादेखि निरन्तरको वर्षाले बाढीपहिरो जाँदा कालीकोट, बाजुरा र हुम्लाका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । 

जिल्लासहित छिमेकी जिल्लामा रहेका कतिपय नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठूलो पहिरो झर्ने र ढुङ्गा खस्ने, बाढीले डाइभर्सन, बेलिब्रेज बगाउनेलगायत समस्याका कारण अहिले कर्णाली करिडोरको कालीकोट–हुम्ला खण्डअन्तर्गत विभिन्न सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending