Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

बाढीपहिरोको जोखिममा हुम्लाका गाउँ

खबरडबली संवाददाता

सिमकोट । लगातारको वर्षासँगै आएको बाढीपहिरोले हुम्लाको सर्केगाड गाउँपालिका–२ को रिप र वडा नं ८ को राहदेउ गाउँ जोखिममा परेका छन् । तीन हप्तादेखि लगातार परेको वर्षाले जिल्लाको मध्य क्षेत्रमा रहेका रिप र राहदेउ गाउँ पहिरोको जोखिममा परेका हुन् ।

अविरल वर्षाका कारण साउन १२ गते राति गाउँ वरिपरि ठूलो बाढीपहिरो जाँदा पहिरोको जोखिम थप बढेको स्थानीय भक्ति फडेराले बताए । रातिदेखि बाढी, पहिरो आउन थालेपछि वरिपरि हिलाम्मे पहिरो बगिरहेको र स्थानीय बीचको टाप्पुमा रहेका उनले जानकारी दिए । 

यहाँबाट निस्कन ढिलो भए गाउँका पाँच सयभन्दा बढी नागरिक पहिरामा विलयन हुने फडेराले गुनासो गरे । “यहाँका स्थानीय बीचको टाप्पुमा बसेका छौँ । टाप्पुबाट वारपार गर्ने कुनै स्थान छैन”, उनले भने, “गाउँको विद्युुत्, खानेपानीको मुहान, खेतीरबाली सबै बाढीले बगाएर लगिसक्यो । अब बाँकी एउटा गाउँ र हामी मात्रै छौँ, कतिखेर बगाउने हो पत्तो छैन ।” 

दुई दिनदेखि घरभित्र नबसेर भोकभोकै बाहिर खुला ठाउँमा बसेको स्थानीय दलजित कार्कीले बताए । “सरोकारवाला निकायसँग उद्धारको अनुरोध गरेका छौँ”, उनले गुनासो गरे, “अहिलेसम्म उद्धार हुन सकेको छैन । 

सिङ्गो गाउँ नै जोखिममा रहेको सर्केगाड गाउँपालिका वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले बताए । उनका अनुसार पहिरोले ५० हजार हेक्टर कृषि क्षेत्र र आवास क्षेत्रमा क्षति पुर्‍याएको छ । रिपगाड र लिप्ने खोलामा रहेको पुल पूर्णरुपमा क्षति भई आवतजावतमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए । उनका अनुसार रिपगाड खोला जलविद्युत्मा क्षति हुनाका साथै खानेपानी, सञ्चार, शिक्षाका पूर्वाधारलगायतमा क्षति भई जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड वडा नं २ को रिप र वडा नं ८ को सर्केदेउ गाउँमा बाढीपहिरोले भौतिक क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार मानवीय क्षति नभए पनि घर, जलविद्युत् आयोजना, सडकलगायत संरचनामा क्षति पुगेको छ । 

“सर्केदेउगाउँका दलबहादुर रोकायको घर भत्किएको छ । रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँले समस्यामा छन्”, प्रवक्ता मल्लले भने । उनका अनुसार यस गाउँका २५ परिवारलाई घर खाली गराएर सुरक्षित स्थानमा सारिएको छ । “यहाँको जलविद्युत् आयोजनामा क्षति पुगेपछि गाउँ अन्धकार हुनाका साथै सडक र सञ्चार सम्पर्क विच्छेद भएको छ”, उनले भने, “बाढीपहिरोबाट कति भौतिक क्षति भएको सोको यकिन विवरण आउन सकेको छैन ।” 

शुक्रबार नै बाढी पहिरोले क्षति पुर्‍याएको खबर पाएपछि सदरमुकामबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाइएको थियो । पहिरोका कारण बाटो भत्किएकाले सो टोली सर्केगाड गाउँसम्म पुग्न नसकेपछि आज फेरि अर्को टोली बाढीपहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बाढीपहिरोबाट पुर्‍याएको क्षतिको अनुगमन गरी राहत तथा पीडितलाई उद्धार गर्न प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसमक्ष साउन १३ गते स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त क्षेत्रमा बाढीपहिरोको जोखिम रहेको जानकारी पाएपछि सोही दिन सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृवमा ५५ सुरक्षाकर्मीको टोली बाढीपहिरो प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको जानकारी दिए ।  

सुरक्षाकर्मी बाटोमै रोकिएपछि हवाई अनुगमन

जिल्लाको राहदेउ, उनापानी ग्युसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोबाट भएको क्षति अनुगमन तथा उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली बीच बाटोमै रोकिएको छ । 

शनिबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट हिँडेको प्रहरी निरीक्षक राजन भट्टराई नेतृत्वको सुरक्षाकर्मीको टोली खार्पुनाथ–१ को चिसामुलमा पहिरो जाँदा सुनाखाडामै रोकिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीको टोली बाढीपहिरो प्रभावित स्थान नपुग्दै बाटोमा पहिरो आएपछि सुनखाडामा रोकिएका हुन् ।

स्थलमार्गबाट गएको टोली बाटोमै रोकिएपछि बाढीपहिरो प्रभावित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा हेलिकप्टरमार्फत स्थलगत अनुगमन गरिएको छ । सेनानी खड्का, सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावत, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक कुञ्जनप्रताप मल्लसहितको टोलीले माउन्टेन एयरको हेलिकप्टरबाट रिप, राहदेउ र उनापानी क्षेत्रको अनुगमन गरेको थियो ।

शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले मानवीय क्षति नभए पनि पुल–पुलेसा, खेतबारी, बिजुली, सडक, खानेपानी, सिँचाइ, घट्ट र अन्नबालीमा ठूलो क्षति भएको पत्रकार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावतले बताए । उनका अनुसार खोलामा आएको बाढीले विभिन्न स्थानमा रहेका पुल बगाएपछि एक बस्तीबाट अर्को बस्तीमा आवतजावत गर्नसमेत समस्या भएको छ ।

पहिरोबाट भएको क्षतिको विवरण सर्केगाड प्रहरी चौकीबाट घटनास्थलमा खटिएको टोलीले सङ्कलन गरिरहेको प्रहरी निरीक्षक मल्लले बताए । उनका अनुसार एक हप्तादेखि निरन्तरको वर्षाले बाढीपहिरो जाँदा कालीकोट, बाजुरा र हुम्लाका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । 

जिल्लासहित छिमेकी जिल्लामा रहेका कतिपय नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठूलो पहिरो झर्ने र ढुङ्गा खस्ने, बाढीले डाइभर्सन, बेलिब्रेज बगाउनेलगायत समस्याका कारण अहिले कर्णाली करिडोरको कालीकोट–हुम्ला खण्डअन्तर्गत विभिन्न सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending