Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

अगुवा प्रधानमन्त्री नै शिर्ष बैठकमा नआएपछि भाँडिने भो संविधान

\"Koiralaकाठमाडौं । संविधान निर्माणको क्रममा बाँकी रहेका अन्तिम विषयलाई टुङ्ग्याउने गरी बोलाइएको शिर्ष नेताहरुको सिंहदरवारस्थित संवाद समितिको बैठकमा मुलुकका अगुवा प्रधानमन्त्री नै नगएपछि संविधान निर्माण भाँडिने भएको छ ।   आठ घण्टासम्म शिर्ष नेताहरुलाई समितिको कार्यालयमा कुराएर प्रधानमन्त्रीले अन्तिम घडीमा विरामी भएको सन्देश पठाए तर, विरामी भएको सन्देश पठाएका तिनै प्रधानमन्त्री सुशील कोइरालाले दिन भर जसो प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न एनजिओ र विभिन्न समूहका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्नै व्यस्त रहे ।   शिर्ष नेताहरुले प्रधानमन्त्री कोइरालालाई नै कुरेर दिन कटाउन बाध्य भएपछि राति करिव ८ बजे नेपाली कांग्रेसका बरिष्ट नेता शेरबहादुर देउवाले प्रधानमन्त्री बिरामी भएर बैठकमा उपस्थित हुन नसकेको बताएका थिए । ‘प्रधानमन्त्री बिरामी भएर आजको बैठकमा उपस्थित हुन सक्नु भएन अब भोलि निर्णय गरौला ।’– देउवाले भने ।   प्रधानमन्त्रीको यो रवैयाले उनी संविधान निर्माण गरी मुलुकलाई स्थायित्व दिने पक्षमा छैनन् कि भन्ने आशंका उब्जिएको सत्तापक्षिय दलका नेताहरुले नै आशंका गर्न थालेका छन् । संविधान निर्माण प्रक्रियालाई देखाएर पार्टीको महाधिवेशन लम्व्याउने र पार्टीको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण नगरेसम्म सत्ता छोड्न नमिल्ने भन्ने दाउमा लागेको एमालेका नेताहरुले आशंका गरेका छन् ।   \"kayat\"राष्ट्रपति डा। रामवरण यादवसँग बुधबार राति भेटवार्ता गरेपछि प्रधानमन्त्री कोइराला सहमति निर्माण गर्ने वार्ताप्रक्रियाबाट भाग्न खोजेको आरोप अन्य दलका नेताहरूले लगाएका छन् । संवाद समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणको महत्वपूर्ण बैठकमा प्रधानमन्त्रीको अनुपस्तितिले समिति अनिर्णयको बन्दी भएको बताएका छन् ।   ‘जनताबाट आएका सुझावलाई समेटी कसरी अगाडि बढ्ने भन्नेबारे गहन छलफल र निष्कर्ष नजिक थियौ तर प्रम नआएपछि निष्कर्षमा पुग्न सकेनौ, प्रधानमन्त्रीले सिरियस्ली नलिँदा समिति अनिर्णयको बन्दी भयो ।’– भट्टराईले भने ।   प्रधानमन्त्री बैठकमा अनुपस्थित हुन थालेपछि कांग्रेसका नेताहरुले मस्यौदा समितिलाई थप ५ दिन दिनु पर्ने प्रस्ताव अगाडि सारेका छन् । कांग्रेसका नेताहरुको प्रस्तावसँगै कांग्रेस संविधान निर्माण प्रक्रिया लम्व्याउने पक्षमा त छैन भनेर आशंका व्यक्त गरे ।   बैठकमा सहभागि एमाले नेता भिव रावलले प्रधानमन्त्री मात्र नभएर कोही पनि विगतमा गरिएको सहमतिबाट पछाडि फर्कन नमिल्ने बताए । ‘हामीले प्रक्रिया लम्व्याएर संविधान घोषणाको मितिलाई अझ पछि सार्न सक्दैनौ ।’– रावलले भने ।   चार दलका शिर्ष नेताहरुले विशेष समितिको बैठकबाट ६ प्रदेशको सिमांकनमा देखिएको समस्या, धर्म लगायतका विषयलाई सम्बोधन गर्नेछन् । विशेष समितिको बैठक आज शुक्रबार पुनः बस्ने बताइएको छ । आजको बैठक कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको समय हेरेर डाँक्ने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending