जानकी । नेपाल–भारत सीमास्थित नेपालगन्जको एकीकृत जाँच चौकी (आइपिपी) को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ २० गते भारतको राजधानी नयाँदिल्लीबाट एकीकृत जाँच चौकीको उद्घाटन गरेका थिए ।
उद्घाटनको बेला दुवै देशका मालबाहक गाडी वारपार पनि गराइएको थियो । उद्घाटन भएसँगै यहाँका उद्योगी, व्यापारीमात्र नभई सर्वसाधारणले खुसीयाली मनाएका थिए ।
एकीकृत जाँच चौकी उद्घाटनपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रमसमेत गरेका थिए । तर उद्घाटनपछि उक्त एकीकृत जाँच चौकी सञ्चालनमा आउन सकेको छैन ।
निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण नगर्दा सञ्चालनमा आउन नकसकेको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । भौतिक पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ छ ।
“सहरी विकास मन्त्रालयअन्तर्गत बिजुली जडानको काम भइरहेको छ । अन्य संरचना निर्माण पनि पूरा नभएकाले निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेको छैन । हस्तान्तरण नहुँदा एकीकृत जाँच चौकी सञ्चालन हुन सकेको छैन”, प्रमुख खनालले भने, “कर्मचारीको व्यवस्थापन गर्न बाँकी नै छ । एकीकृत जाँच चौकी सञ्चालन अबको दुई महिनामा हुन्छ ।”
एकीकृत जाँच चौकी निर्माण पूरा नभएकाले दुई देशका मालबाहक गाडी जमुनाहा नाका भएर आउजाउ गरिरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार भन्सार, क्वारेन्टिन, प्रशासनका कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था भएपछि मात्र एकीकृत जाँच चौकी सञ्चालनमा आउनेछ ।
नेपालतिर ८७ बिघामा फैलिएको एकीकृत जाँच चौकीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि पूर्वाधार निर्माण गर्नुपर्ने छ । अन्य संरचना निर्माण पूरा भए पनि अहिलेसम्म भन्सार, प्रशासनिक भवन, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, महिला प्रहरी ब्यारेक तथा आयात, निर्यात गोदामघर निर्माणको क्रममा छ ।
एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा रु नौ करोड ३९ लाख मुआब्जा दिएर जमिन अधिग्रहण गरेको थियो ।
सन् २०२१ फेब्रुअरीदेखि निर्माण थालिएको एकीकृत जाँच चौकी निर्माणमा भारत सरकारको रु दुई अर्ब ३५ करोड खर्च भएको भन्सार अधिकृत शर्माले बताए । भारतले सन् २०२२ जुनमा निर्माण सक्ने गरी सम्झौता गरे पनि कोरोनाका कारण काम गर्न नसकेको भन्दै निर्माण कम्पनीले थप समय मागेको थियो ।
यसअघि नेपाल–भारत सीमानाकाअन्तर्गत वीरगन्ज, विराटनगर र भैरहवामा एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १२:०८
काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा स...
जेष्ठ २६ गते, २०८३ - ११:५९
काठमाडौँ, सांसद सुधन गुरुङ पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवास मा हुने त...
जेष्ठ २६ गते, २०८३ - ११:४४
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतित...
जेष्ठ २६ गते, २०८३ - ११:२१
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सु...
जेष्ठ २६ गते, २०८३ - ११:०५
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरब...
जेष्ठ २६ गते, २०८३ - १०:५०
रुकुमपश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएको छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अन...
जेष्ठ २६ गते, २०८३ - १०:२६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले फ...
जेष्ठ २६ गते, २०८३ - १०:१६
नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात तथा निर्यात दुवै वृद्धि भएको छ। नेपालगन्ज भन्सार ...
जेष्ठ २५ गते, २०८३ - १८:०३
मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...
जेष्ठ २५ गते, २०८३ - १७:५१
काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...



प्रतिकृया लेख्नुहोस्: