Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यातायात व्यवस्था कार्यालयको भीड कम हुँदै

खबरडबली संवाददाता

काठमाडौँ । चाबहिलकी सरिता रिजाल दिउसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेकी थिइन् । त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्को दिन पनि आउनुपर्नेमा उनमा चिन्ता थियो । 

कार्यालय पुगेको झण्डै आधा घण्टामै चालक अनुमतिपत्र लिएर बाहिरिँदा रिजाल खुसी देखिइन् । आफूले सोचभन्दा कम समयमै काम भएकाले उनमा खुसी छाएको हो । डेढ वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि आउँदा दिनभर लागेको थियो । तीन ठाउँमा लाम बसेर बल्ल कार्यालय समय सकिनु पहिले काम भएको रिजालले सम्झाइन् । सेवाग्राही जो चाँडो आयो उसले पहिले र पछि आउने सेवाग्राहीले पछि सेवा पाएका थिए। उनले भनिन्, “भीड कम भएर हो कि किन हो चाँडै लाइसेन्स लिन सकियो ।”

बाह्रै महिना र बिहानदेखि साँझैसम्म भीडभाड देखिने एकान्तकुनास्थित उक्त कार्यालयको चालक अननुमतिपत्र शाखामा विगतमा भन्दा सेवाग्राहीको भीड केही कम भएको छ । सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या कम हुनु, टोकन लागु हुनु, काउन्टर थप हुनु, परीक्षामा ७० प्रतिशत आउँदा पास गर्ने प्रणाली लागु हुनुलगायत कारणले भीडभाड केही व्यवस्थित भएको कार्यालयले जनाएको छ । 

पहिले एउटै काउन्टरबाट नवीकरण र नयाँ चालक अनुमतिपत्रको काम भइरहेकाले एउटा ठाउँमा भीड थुप्रिएको भए पनि अहिले त्यो व्यवस्थित गरिएको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । नवीकरण र नयाँ चालक अनुमतिपत्रका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ । उनले भनिन्, “कार्यालयलाई सेवा दिन पनि सजिलो र सेवाग्राहीलाई पनि सजिलो भएको छ ।” 

कार्यालयमा चार पाँच वर्ष पहिलेसम्म बिहान चारपाँच बजे पहिलेदेखि नै लाम हुने गरेको थियो । कार्यालयमा सेवाग्राहीको चाप व्यवस्थित गर्न कोभिडपछि कार्यालय सञ्चालन गर्दा अनलाइनबाट फारम लिन थालिएको थियो । अहिले सेवाग्राहीले फारम भरिसकेर मेडिकल जाँचका लागि मात्रै आउनु परेकाले  पनि यहाँको भीड कम भएको हो । 

गत वर्षसम्म पनि बिहान ६ बजेदेखि लाम हुने गरेकामा अहिले बिहान साढे नौ बजेभन्दा अघि मान्छे आउने नगरको कार्यालय प्रमुख कपालीले बताए । 

पहिलो पटक अनुमतिपत्रको फारम भरिसकेर त्यसको स्वीकृत गर्ने मान्छे मात्रै चाँडै आउने गरेको उल्लेख गर्दै उनले भने, “एक दिन स्वास्थ्य जाँच गराएर फारम बुझाएपछि अर्को दिन लिखित र त्यो पास हुँदा ट्रायल हुने गरेको छ ।” 

काठमाडौँ उपत्यकाका अरु यातायात कार्यालयसँगै यो कार्यालयले गत फागुनदेखि चालक अनुमतिपत्रको परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरिएकाले पास हुनेको सङ्ख्या बढेको हो । पासदर घट्दा त्यसले भीडभाड कम गरेको कार्यालयले जनाएको छ । 

विगतमा कार्यालयमा दरबन्दीअनुसार जनशक्ति नहुने समस्या थियो । अहिले दरबन्दीभन्दा बढी कार्यरत छन्  । विगतमा कार्यरत कर्मचारीमध्ये कतिपय काम कारबाहीमा त कतिपय निलम्बनमा पर्दा पनि यहाँ जनशक्ति कम हुने गरेको थियो । पहिले कर्मचारी सरुवा हुन नमान्ने वा सरुवा भए पनि छिटै फर्किने गरेका थिए । कतिपय कर्मचारी एक महिना बसेर जागिर जाने डरले गइहाल्ने गरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ थियो । अहिले दरबन्दीभन्दा बढी कार्यरत रहँदा काम गर्न सजिलो भएको प्रमुख कपालीले बताए । 

काठमाडौँ उपत्यका मात्रै होइन देशभरका यातायात कार्यालयमध्ये सबैभन्दा बढी सेवाग्राहीको चाप यही कार्यालयमा रहेको छ । पहिले उपत्यकामा यो मात्रै कार्यालय  थियो । पहिले एउटा अञ्चलबाट अर्को अञ्चलीकरण गर्न मिल्ने व्यवस्था थियो । त्यतिबेला धेरैले यहीँ सारेका थिए । विसं। २०७६ देखि भने एउटा प्रदेशबाट अर्को प्रदेशमा सार्न नमिल्ने भएको प्रमुख कपालीले बताए । 

सरकारको सबै क्षेत्रमा कागजरहित सरकार बनाउने अवधारणा छ । यातायात कार्यालयको भने फारम लिने र राजस्व बैंककमा जम्मा गर्ने बाहेक स्वास्थ्य जाँचलगायत कामका लागि कार्यालय आउनुपर्ने व्यवस्था छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending