मुगु । मुगुका स्थानीय बजारमा भेडाबाख्रा र खसीको माग उन तथा मासुका लागि बढेसँगै कर्णाली प्रदेश सरकारले पुरस्कारको नीति ल्याएको छ ।
हिमाली जिल्लामा ५० भन्दा बढी भेडाबाख्रा पालन गर्ने कृषकहरुलाई सम्मान तथा पोषण सेवा दिन थालेपछि मुगु जिल्लामा भेडाबाख्रा पाल्ने कृषकहरुको संख्या बढेको छ ।
आर्थिक वर्ष ०७९।०८० मा मुगुमा रहेका चार स्थानीय तहमा उत्कृष्ट ५३ जना कृषकहरुलाई नगद १८ हजार र प्रमाणपत्र तथा खादासहित पुरस्कृत गरिएको छ ।
नगद पुरस्कारसहित सम्मान पाएपछि भेडापालक कृषक खुसी भएका छन् । जति दुःख भए पनि थप मिहिनेत गरेर भेडाबाख्रा व्यावसायिक रुपमा पालेर अघि बढ्ने उनीहरूको भनाइ छ ।
आउदा दिनहरुमा पशु सेवा कार्यालयले थप कृषक मैत्री नीति ल्याउने, प्रत्यक्ष कृषकको लाभ हुने कार्यक्रम समेत ल्याउने जिल्ला समन्वय समिति मुगुका संयोजक मन्जन बहादुर कार्कीेले बताएका छन् । उनले कृषकलाइ थप भेडाबाख्रा पाल्न अनुरोध समेत गरे ।
कर्णाली प्रदेश सरकारको पोलिसि अनुसार हिमाली जिल्लाहरुमा ५० भन्दा बढी भेडाबाख्रा पाल्ने कृषकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमअनुसार मुगु जिल्लामा रहेका चार स्थानीय तहमा रहेका ४५६ जना कृषकहरुले निबेदन दिएका थिए ।
छनोट गर्दा ३९३ मात्र वास्तविक भेडा पाल्ने कृषक भेटिएका थिए भने अन्य नक्कली कृषक भेटिए । तीमध्ये उत्कृष्ट ५३ जना कृषकलाई छनोट गरी प्रदेश सरकारको नीति अनुसार वार्षिक प्रतिकिसान १८ हजार नगद र प्रमाण पत्र सहित खादा लगाएर सम्मान गरिएको पशु अस्पताल तथा पशु कार्यालय मुगुका प्रमुख भिम चन्द्र बुढाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: