रौतहट । रौतहटको मौलापुरका मेयर रिना साहले वर्षौदेखीको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन् । सडक विस्तारमा अवरोध गरी विवादित बनाउँने र सर्वसधारणको यातायातमा अवरोध गरिएको ‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले सडक विस्तार गरी अगाडी बढेकी हुन् ।
सो सडकलाई बर्षौदेखी विस्तारमा अवरोध गरिएको थियो । सर्वसधारणको समेत साथ पाएकी मौलापुरकी मेयर साहले सडक विस्तारको कामलाई तिब्रगतिमा अगाडी बढाउँने बताएकी छन् ।
अहिले सर्वसधारणको समेत सहयोग पाएकी मेयर साहले डोजर लगाएर सो सडकमा पर्ने भौतिक संरचना भत्काउँदै अगाडी बढेकी छन् । उनको काम देखेर सर्वसधारणले समेत साथ र सहयोग गर्न थालेका छन् । सडक विस्तारमा आउँने कुनै पनि अवरोधलाई नसहने र विस्तार कार्यलाई जसरी पनि अगाडी बढाउँने स्थानिय रामेश्वर यादवले बताए ।
यो एक किसिमको चमत्कार नै भउको बताउँदै उनले मेयर रिना साहलाई काम गर्न अवरोध गरेर सडक विस्तारमा वाधा पुर्याउँने काम भए पनि अहिले उनी आफैले डोजर चलाएकी उनको भनाइ छ । अब सडक विस्तार कोही कसैले रोक्न नसक्ने र रोके आफुहरुले पनि प्रतिकार गर्ने यादवले बताए ।
आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको मौलापुरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए ।
केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थियो तर त्यो विवाद मेयर साहको पहलमा समाधान भएको छ । त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम समेत तिब्र गतिमा अगाडी बढेको छ । मेयर साहसंगै उपप्रमुख नागेन्द्र यादवले समेत सडक विस्तारलाई अगाडी बढाउन प्रभावकारी भुमिका निर्वाह गरेका छन् ।
रौतहटको क्षेत्र नं. ३ मा पर्ने सो सडकलाई जसरी पनि विस्तार गरी सर्वसधारणलाई यातायातको राम्रो सेवा दिनुपर्नेमा सर्वसधारणको अहिले एकमत रहेको छ । सो क्षेत्रबाट आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: