Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः मन्त्री शर्मा

खबरडबली संवाददाता

जनकपुर  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने गरी तयारी भइरहेको बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुहरुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताएकी हुन् । 

राजमार्ग क्षेत्रमा दुर्घटना, गम्भीर विरामीको आवागमन, जंगली जनावरको आक्रमणलगायतका आकस्मिक घटना हुने भएकाले पनि राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने आवश्यक रहेको मन्त्री शर्माले स्पष्ट पारीन् ।

राजमार्ग क्षेत्रमा दैनिक लाखौं यात्रुको आवागमन हुने भएकाले उनीहरुले फोन र इन्टरनेट प्रयोग गर्दा दूरसञ्चारको कारोबार पनि बढी हुने भएकाले ब्यापारिक दृष्टिकोणबाट पनि दूरसञ्चार सेवा बढाउनुपर्ने आवश्यकता देखिएको बताइन् । 

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी गरेको पनि जानकारी दिइन् । सीमा क्षेत्रमा नेपाली नेटवर्कको समस्या देखिएको गुनासो आएकाले आवश्यक अनुगमन गरी सेवा विस्तारका लागि विशेष योजना बनाउन पनि उनले टेलिकम प्रादेशिक निर्देशनालयका अधिकारीहरुलाई आग्रह गरिन् ।

नेपाल टेलिकमको गुणस्तर राम्रो भए पनि सेवाग्राहीको गुनासो व्यवस्थापनमा कमजोरी रहेको औल्याउँदै उनले अब कति दिनमा होइन, कति घण्टा सेवा दिन सकिन्छ भनेर योजना बनाउनुपर्ने बताइन् । नयाँ सेवाका लागि वा चालु सेवा अवरुद्ध भएको केही घण्टाभित्रै सेवा सुचारु गर्ने गरी कार्यक्रम बनाउन टेलिकमलाई आग्रह गर्दै मन्त्री शर्माले त्यसका लागि तीन सिफ्ट गरेर भए पनि चौबीसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने बताइन् । त्यस्तै पूर्व सूचनाविना सेवा नरोक्न पनि उनकाे आग्रह  थियाे ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको जानकारी दिंदै उहाँले यसका लागि नेपाल दूर सञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी सेवा विस्तार गर्नेतर्फ पनि ध्यान दिन टेलिकमलाई आग्रह गरिन् । 

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा ब्यापक सुधार गर्न सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिंदै उनले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत सबै क्षेत्रमा सूचना प्रविधिको पहुच विस्तार गर्ने नीति लिएको जानकारी दिइन् । यसका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्य आवश्यक रहेकोमा जोड दिंदै मन्त्री शर्माले साइबर सुरक्षा र साइबर सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

एकातिर सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको र अर्कोतिर त्यसको दुरुपयोग हुन नदिन पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिंदै उनले विश्वमा विकास भइरहेका नवीनता प्रविधिको प्रयोगमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन तीनै तहका सरकारहरुले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् ।

सूचना प्रविधि सेवा नपुगेका ठाउँमा जसरी पनि पुर्याउने र पुगेका ठाउँमा सबै जनताले सूचना प्रविधिको प्रयोग गर्नसक्ने बनाउनु सरकारको प्राथमिक लक्ष्य रहेको स्पष्ट गर्दै मन्त्री शर्माले त्यसका लागि देशका सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने कार्यक्रम प्राथमिकताका साथ अघि बढाइरहेको बताइन् । 

नेपालमा अझै धेरै जनताको सूचना प्रविधिमा पहुँच स्थापित हुन सकिरहेको स्पष्ट गर्दै मन्त्री शर्माले अहिलेसम्म टेलिफोन इन्टरनेट प्रयोग गर्न नसक्ने र नजान्ने व्यक्तिहरुको पहिचान गरेर निःशुल्क सेवा उपलब्ध गराई उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन गरी कार्यक्रम बनाउन पनि उनले नेपाल टेलिकमलाई आग्रह गरिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: