प्युठान .। प्युठानको गौमुखी गाउँपालिकाले ४० युपि अण्डर प्रुफ भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो ।
गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ । गाउँ सभाको पन्ध्रौँ अधिवेशनले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताए । सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि पनि कदम चालिएको उनले बताए ।
साउन १ गतेदेखि नै बजार अनुगमन सुरु गरिसकेका र सो निर्णयको बारेमा यसअघि नै वडा वडामा प्रचार प्रसार गरिएको समेत उपाध्यक्ष रानाको भनाइ छ ।
स्थानीय पदमबहादुर केसीले पालिकाले राम्रो निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । गाउँमा प्लास्टिकका रक्सीको व्यापक प्रयोग रहेको र यसले धेरै मानिसको स्वास्थ्यमा असर गरिरहेकोले यसलाई पूर्णरुपमा रोक्न जिल्लाभरका पालिकाले निर्णय गर्नुपर्ने उनले बताए ।
गाउँपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएको जनाएको छ । गौमुखी गाउँपालिकाको सबै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्राण्डको रूपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: