काठमाडौं । बन्द रहेको नेकोन एयरका सञ्चालकको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाको बक्यौता ऋण भुक्तानीका लागि सार्वजनिक सूचना जारी गरि अल्टिमेटम दिइएको छ । ऋण असुली न्यायधिकरणले नेकोन एयरका सञ्चालक तथा ऋणमा जमानी बसेका सञ्चालकहरूको नाममा सात दिने म्याद सूचना जारी गरेको हो।
न्यायाधिकरणले ठहर गरेको रकमसहित सम्पर्कमा आउन अल्टिमेटम समेत दिएको छ ।
कुन बैंकमा कति ऋण ?
न्यायधिकरणले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड र हालको कुमारी बैंकको १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ ऋण र २०६६ सालदेखिको १५.१७ का दरले ब्याज भुक्तानी गर्न नेकोनका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठका नाममा सात दिने म्याद सूचना जारी गरेको हो।
त्यस्तै एसबीआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ र त्यसको १४ प्रतिशतले हुन आउने ब्याजसहित सात दिनभित्र बुझाउन राजभण्डारीको नाममा सूचना तामेल गरिएको छ।
राजभण्डारीकै नाममा राष्ट्रिय बाणिज्य बैंकको ९६ लाख ६३ हजार २९३ रुपैयाँ बक्यौता ऋण तिर्न सूचना जारी गरिएको छ। राजभण्डारी र श्रेष्ठको नाममा नबिल बैंकको ४ करोड ४८ लाख ८९ हजार ३५५ रुपैयाँ ऋण र ब्याजसहित सम्पर्कमा आउन सूचना जारी गरिएको छ।
तत्कालीन इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक र हालको एनआईसी एसिया बैंकको ७७ लाख ३७ हजार ५३७ ऋण बाँकी रहेको छ। यो ऋण तिर्नका लागि सम्पर्कमा आउन दुबै सञ्चालकलाई सात दिने सूचना जारी गरिएको छ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पौने ५ करोड नर्तिने नेकोन एयरका सञ्चालक तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिसकेको छ।
प्राधिकरणले नेकोन एयरलाई एयरलाइन्सको ब्यापारमा नै प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखिसकेको छ।
कालोसूचीमा राख्दै प्राधिकरणले नेकोन एयरका सञ्चालकहरू तथा एकाघरका हकदारहरू र नेकोन एयर समेतलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा प्राधिकरणले राखेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: