Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सप्तरीमा संयुक्त मधेसी मोर्चाको बन्द जारी

\"banda-640\"सप्तरी । सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको क्रममा आज पनि सप्तरीको जनजीवन प्रभावित बनेको छ  । सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले  आह्वान  गरेको तराई मधेस बन्दको क्रममा आज पनि सप्तरीमा बन्दको निकै प्रभाव परेको छ । मोर्चाको बन्दले  पूर्व–पश्चिम राजमार्गमा हजारौँ सवारीसाधन रोकी राखेका छन् भने राजमार्गका ठाउँठाउँमा बन्दकर्ता घुमिरहेका छन् । त्यस्तै, मोर्चाका कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् । साथै, जिल्लामा रहेका कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेका बताइएको छ । लामो समयसम्म भएको बन्दले विद्यार्थी पढाइबाट वञ्चित रहेको विद्यार्थी श्याम राजकले गुनासो गरे । यसैगरी, लामो समयदेखिको बन्दले सप्तरी जिल्लाको जनजीवन प्रभावित हुनुका साथै जिल्लामा सवारीसाधन नचल्दा यहाँका जनतालाई  कहीँ आउनजानमा समस्या हुने गरेको तरही–३ का कौशलकिशोर साहले गुनासो गरे । गत मङ्गलबार सप्तरीको भारदहमा प्रहरीसँगको झडपमा परी स्थानीय ३५ वर्षीय राजीव राउतको मृत्यु भएपछि जिल्लामा बन्दबाट अझै प्रभाव परेको हो । मधेसी मोर्चा सप्तरीले आज पनि भारदहमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् भने सो क्षेत्रको अवस्था आज पनि तनावग्रस्त नै रहेको बताइएको छ । यता प्रहरीले भने हिजोको तुलनामा भारदहमा आज केही शान्त देखिएको जनाएको छ । यस्तै, मोर्चाले राजविराजमा समेत प्रदर्शन गर्नुका साथै बजार, पसल, यातायात तथा शिक्षणसंस्था पूर्णरुपमा ठप्प पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending