Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

क्षेत्रीय विकासका लागि शान्ति र स्थायित्वमा प्रधानमन्त्रीको जोड

\"pm\"काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का अर्थमन्त्रीहरुको सातौँ बैठक विहिबार  काठमाडौंमा सुरु भयो । बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले क्षेत्रीय विकास, शान्ति र स्थायित्वका निम्ति सार्क सदस्य मुलुकहरुबीच बृहत् सहयोग अपरिहार्य भएको बताए । परस्पर निर्भरता र परस्पर सम्बद्ध वर्तमान युगमा असहयोगको ठूलो मूल्य चुकाउनुपर्ने भएकाले परस्परमा संवाद, छलफल र सहकार्यलाई सदस्य मुलुकले बढाएर विकासको पथमा अग्रसर हुनुपर्ने बताए । दक्षिण एसियाली क्षेत्र अति कम एकीकृत भएकाले समग्रमा क्षेत्रीय एकता र एकीकरण कायम गर्न लगानी र आर्थिक विकासका मुख्य क्षेत्रमा पँुजी केन्द्रित गर्न जरुरी भएको उनले बताए । स्थल, जल र नभमार्गबाट सदस्य मुलुकलाई जोड्ने भौतिक पूर्वाधारको निर्माण, ऊर्जा, ज्ञानको आदानप्रदान, पर्यटन, व्यापार, वित्तलगायत क्षेत्रमा अर्थपूर्ण साझेदारी र सहयोगबाटै दक्षिण एसियाको दु्रततर विकास सम्भव भएकाले आर्थिक सुरक्षाका निम्ति एकीकृत ढङ्गले काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए  । सार्कका अल्पविकसित मुलुकलाई तिनको आर्थिक उन्नयनमा सघाउन अतिरिक्त सुरक्षा, स्रोत र सहुलियत उपलब्धल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले भने– ‘दिगो शान्ति र समृद्धिका निम्ति सदस्य मुलुकबीच निकटको आर्थिक सहयोग आवश्यक छ, दक्षिण एसियाली आर्थिक सङ्घको निर्माण क्रमिक रुपमा गर्न सकिनेमा हामी विश्वस्त छौँ ।’ दक्षिण एसियाली आर्थिक सङ्घ स्थापनाको लक्ष्य हासिल गर्न उपयुक्त बृहत् आर्थिक नीति निर्माण र दृढ राजनीतिक इच्छाशक्ति पनि उत्तिकै आवश्यक भएको प्रधानमन्त्रीले बताए । वित्तीय क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने अन्तरक्षेत्रीय दीर्घकालीन पुँजी प्रवाह तथा लगानी, सार्क विकास बैंक स्थापना तथा लगानी प्रवद्र्धन एवम् सुरक्षणबारे बैठकमा हुने छलफल परिणाममुखी हुनेमा आफू विश्वस्त रहेको उनले बताए । आर्थिक सहयोग वृद्धि एवम् एकीकरणले नै दक्षिण एसियाली जनताको आर्थिक एवम् सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले त्यसप्रति सदस्य मुलुकले आफ्ना दृढता एवम् प्रतिबद्धतालाई कायम राखे लक्ष्य हासिल गर्न सहज हुने विचार व्यक्त गर्दै उनले आतङ्कवाद, अतिवाद, मानव, लागुऔषध र हातहतियार तस्करी, मुद्रा निर्मलीकरण र प्राकृतिक विपत्ति जस्ता चुनौतीको गम्भीर भएर सामना गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने –‘सबै पक्षलाई मान्य हुने र फाइदा पुग्ने सहयोग प्रवद्र्धन सार्कको अहिलेको आवश्यकता हो र सार्कले लामो समयदेखि निर्धारण गरेको दक्षिण एसियाली क्षेत्रका जनताको जीवनस्तर उकास्ने लक्ष्य प्राप्तिका निम्ति उपयुक्त वातावरण बनाउनुपर्छ ।’ संविधानसभाबाटै लोकतान्त्रिक संविधान जारी गरेर नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको थालनी गर्न नेपाल अग्रसर भएको जानकारी दिँदै उनलउे नेपालको उक्त राष्ट्रिय अभियानमा सार्कका सदस्य मुलुकहरुबाट निरन्तर प्राप्त सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार प्रकट गरे । संविधान जारी भएपछि लम्बिँदो राजनीतिक सङ्क्रमणको अन्त्य हुनेछ, जनप्रतिनिधिमूलक संस्थाहरुको स्थायित्वका साथै बहुलवाद र प्रजातन्त्र संस्थागत हुनेछ’ – मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्रीले भने । सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कोइरालाले विगतदेखि नै दक्षिण एसियाली मुलुकहरु प्रजातान्त्रिक, शान्तिपूर्ण सहयोगका निम्ति एकीकृत रहेका भन्दै दिगो शान्ति, स्थायित्व र सुदृढ प्रजातान्त्रिक संस्थाको विकासका साथै क्षेत्रीय विश्वास प्रवद्र्धनमा सार्कका सबै सदस्य मुलुकको एकीकृत प्रयास उत्तिकै अपरिहार्य भएको बताए । अर्थमन्त्री डा रामशरण महतले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय क्षेत्रमा साझा अवधारण बनाउन बैठक मुख्य मञ्च हुने भएको बताए । एनले बैठकमा सन् २०१३ को अगस्टमा श्रीलङ्काको कोलम्बोमा सम्पन्न छैटौँ बैठकको निर्णय कार्यान्वयनको स्थिति तथा आगामी दिनमा सार्क क्षेत्रमा वित्तीय पुँजीको प्रवाह र अन्तरदेशीय लगानीका विषयमा छलफल हुने जानकारी दिए । त्यसैगरी, लगानी प्रवद्र्धन तथा सुरक्षा विषयका सहमतिमाथि छलफल हुने जानकारी दिँदै अर्थमन्त्री डा महतले लामो समयको राजनीतिक सङ्क्रमणपछि नेपालको आर्थिक वृद्धि र आर्थिक रुपान्तरणमा सार्क क्षेत्रको सहयोग रहेको बताए । भूकम्पपछि नेपाली अर्थतन्त्र द्रुत आर्थिक वृद्धितर्फ उन्मुख भइरहेको र त्यसका लागि ऊर्जा क्षेत्रमा भारतसँग ऊर्जा व्यापार सम्झौता र यस क्षेत्रका बहुर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको जानकारी दिए । उहाँले सातौँ अर्थमन्त्रीस्तरीय बैठकबाट यस क्षेत्रको प्राकृतिक विपद् र गरिबीसँग सामना गर्ने उपयुक्त संयन्त्र तयार गर्न सहयोग पुग्ने विश्वास व्यत्तःm गरे । अर्थमन्त्री महतले आर्थिक तथा वित्तीय सहकार्यबाट गहन क्षेत्रीय एकीकरणमा बल पुग्ने उल्लेख गर्दै सबैको सद्भावबाट गैरभन्सार अवरोध हटाउने, एकअर्कामा बलियो सम्बन्ध स्थापना गर्ने र अन्तरदेशीय लगानीे प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । सार्कका महासचिव अर्जुनबहादुर थापाले यस क्षेत्रलाई सडक–रेल सञ्चालनमार्फत जोड्दै सार्क क्षेत्रमा उत्पादन भएका वस्तुको सहज प्रवाह हुने वातावरण मिनलाउनुपर्नेमा जोड दिए । दक्षिण एसिया ‘आर्थिक सङ्घ’मार्फत सबल सामाजिक आर्थिक विकासतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले क्षेत्रीय आर्थिक विकासका लागि अर्थमन्त्रीस्तरीय बैठकको निर्णय महत्वपूर्ण हुने बताए । बैठकमा भाग लिन पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थराज्यमन्त्री जयन्त सिन्हा, माल्दिभ्सका अर्थ उपमन्त्री महमेद जुहारलगायतले भाग लिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending