Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

सर्पको डसाइबाट दुई दिनमा ४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं ।  कपिलवस्तुमा सर्पले टाेकाइबाट दुई दिनमा चार जनाको मृत्यु भएको छ । सोमवार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । 

निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुवैजना आफ्नो हजुरआमासँग एक तले घरको भुइँमा सुतेका थिए ।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिए लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्का एक जनाको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए ।

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

मृतक दाजुभाइकी आमा रोजगारको सिलसिलामा विदेशमा रहेको प्रहरी निरीक्षक शाहीले बताए । बुबाको भने यसभन्दा अगाडि नै दुर्घटनामा परी निधन भएको थियो । 

यसैगरी सोमवार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट निधन भएको छ ।

सर्पले डसेलगत्तै उनलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको थियो  तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताएका थिए ।

सोमवार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो । दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो । 

लगत्तै सोही उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै निधन भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending