काठमाडौं । झापाको कमल गाउँपालिकामा भएको असारे चटारोको काम एक साता पनि टिकेको छैन । असारमा हतारमा काम गर्ने प्रवृत्तिका कारण विकासका कामहरु एक साता पनि नटिकेका हुन् ।
सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको कमल गाउँपालिकाको गुहारीदेखि गौरादह नगरपालिकाको दाम्म्राभिट्टा जोड्ने सडक पक्की गरेको एक हप्तामै कालोपत्रे उप्किएको छ ।
०८१ असारमा सक्ने गरी सडक डिभिजन कार्यालय दमकले १३ किलोमिटरको यो सडक ०७९ असारमा १८ करोडमा ठेक्का लगाएको यो सडक निर्माणको जिम्मा गीताञ्जली जे एन्ड जे जेभीले लिएको थियो । यो सडकको पहिलो खण्डअन्तर्गत कमल गाउँपालिका– ७ मा पर्ने करिब ६ किलोमिटर सडकको गुणस्तरमाथि प्रश्न उठेको छ । बर्खाको मौसममा हतारमा कालोपत्रे गर्दा केही दिनमै कालोपत्रे उप्किएको स्थानीय बताउँछन् ।
राति कालोपत्रे गर्न नपाइने हुँदाहुँदै रातारात कालोपत्रे गरेको सडक एक हप्ता पनि नभई उप्किएको र आफुहरुले गएर हेर्दा सडक गुणस्तरहीन बनेको देखिएकाे कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलमाथि नै शंका उब्जिएको र सडक पुनः कालोपत्रे वा मर्मत नभए डिभिजन प्रमुखलाई विभागीय कारबाही गर्नुपर्ने आफुहरुकाे माग रहेकेा उनकाे भनाइ छ ।
गत वर्ष नै ठेक्का लागेको यो सडक निर्माणको काम निर्माण कम्पनीले मध्य असारको झरीमा रातारात गरेका कारण कालोपत्रे उप्केको स्थानीयको भनाइ छ । यद्यपि, सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले भने सानो कुरालाई ठूलो बनाइएको भन्दै बचाउ गरे। उनले काम गुणस्तरीय भएको दाबी पनि गरे ।
काम गर्दा–गर्दै दुई ठाउँमा अलिकति बिग्रिएको र निर्माण कम्पनीले चार किलोमिटर पिच गरिसकेकाे उनले बताए । दुई मिटर सेक्सनमा पनि काम नबिग्रिएको बताउँदै उनले फेरि बेलुका गरेको बिहान खोतल्न थालीएकाे आराेप उनले लगाए । उक्त सडक बाक्लो पिच नभएकाे र सस्तो प्रविधिको भएकाेले सेट हुन नपाइ सडक खाेतीएकाे उनले बताए । बिग्रेको ठाउँमा सुधार गर्नु पर्ने र लापरबाही नभएकाे बताउँदै उनले सडक निर्माणमा हेलचेक्र्याइँ नभएकाे उनले बताए । सानो कुरालाई ठूलो बनाइएकाे उनकाे भनाइ छ ।
पौडेलले काम गर्ने समय नै कम भएकाले असारमा काम गर्नुपर्ने अवस्था आएको बताए । गुनासो आएपछि प्राविधिकको टोलीले जाँच गर्ने क्रममा केही समस्या नदेखिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलकाे दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...



प्रतिकृया लेख्नुहोस्: