स्याङ्ज । परम्परागत पेसा लोप हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा जुटेको छ । आधुनिक औजारको अभाव, नयाँ पुस्तामा सिप हस्तान्त्रण नहुनु, परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेरिनु जस्ता समस्याको सामना गरिरहेका दलित समुदायले गर्ने पेसा संरक्षणको अभियानमा नगरपालिका जुटेको हो ।
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले दलित समुदायले गर्ने सिप लोपोन्मुख अवस्थामा पुग्नु् सबैको चिन्ता र चासोको विषय बनेको बताए । उनले दलित समुदायले गरेका परम्परागत आरन, सिलाइकटाइ, मादल बनाउने, जुत्ता सिलाउने लगाएतका पेसालाइ टिकाउन र नयाँ पुस्तामा हस्तान्त्रण गर्नका लागि विषेश योजना सहित नगरपालिका अगाडि बढेको बताए ।
गल्याङ नगरपालिका सामाजिक विकास अधिकृत ढालबहादुर केसीले परम्परागत पेसाको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले पहिलो चरणमा १८ जना नागरिकलाई आरन व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार दलित उत्थान तथा सशक्तिकरणका लागि आरनका लागि पंखा १४ थान, इलेक्ट्रोनिक पंखा एक थान, घन ५३ थान, गैन्डर मेसिन छ थान, सनासो २० थान, वेल्डिङ मेसिन तीन थान, रेती २२ थान, लिइ १३ थान पुर्ण अनुदानमा वितरण गरिएको हो । यस अघि नगरपालिकामा मादल बनाउने पेसा गर्नुभएका एक मात्र व्यक्तिलाइ उपकरण खरिदका लागि १२ हजार सहयोग गरिसकिएको केसीको भनाइ छ ।
गल्याङ नगरपालिका ११ का वडा सदस्य ससिकुमार विकले दलित समुदायले गर्ने परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेर्दा युवाहरु आकर्षित हुन नसकेको बताए । उनले समयानकुल आधुनिक प्रविधिको प्रयोग नबढ्दा पनि परम्परागत पेसामा श्रम र समय अत्यन्त धेरै खर्च हुने गरेको बताए ।
गल्याङ नगरपालिका ४ कराङ्दीका लक्ष्मण सुनारले छोरानातीले आरन व्यावसायमा चासो नदिएका बेला नगरपालिकाले आरन संरक्षणका लागि पहल गरिदिदा खुसि लागेको बताए । “हामी बुढाले जसोतसो आरन पेसालाई थमाउने काम गरेका छौँ, बढि श्रम र पसिना खर्च हुने हुँदा छोरानातीले काम सिक्ने चासो दिएका छैनन्”, उनले भने, “आधुनिक मेसिन पाएका छौँ अब श्रम र समयको बचत हुने भयो, काम गर्न सजिलो हुने भएपछि नयाँ पुस्ताले काम गर्न चासो देखाउँछन् जस्तो छ ।”
यस्तै गल्याङ नगरपालिका ९ साङ्लीयाका अमरसिंह विकले घरले छाएको आरनमा काम गर्दा बर्षातमा पानीले रुझाएर काम गर्न नसकिने गरेको गुनासो गरे । “धेरै बर्ष देखि आरन टिनले छाउने सपना थियो, आर्थिक अवस्था कमजोर हुँदा छाउन सकेको थिइन”, उनले भने, “नगरपालिकाले आरन छाउन टिन दिएको छ अब त बर्खाको झरीमा समेत काम गर्न पाइने भइयो ।”
गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमल्सीनाले पहिलो चरणमा परम्परागत पेसा संचालनका लागि आवस्यक सामग्री वितरण गरिएपनि दोस्रो चरणमा सिपमुलक तालिम र विभिन्न प्रशिक्षणात्मक कार्यक्रम संचालनका लागि नगरपालिकाले पहल गर्ने बताए । उनले नगरपालिका भित्र रहेर परम्परागत पेसा गर्ने हरेक दलित समुदायलाई नगरमा सूचिकृत हुन आग्रह गर्दै समस्या भए तत्काल सम्पर्क गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: