स्याङ्ज । परम्परागत पेसा लोप हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिका लोपोन्मुख पेसा संरक्षण अभियानमा जुटेको छ । आधुनिक औजारको अभाव, नयाँ पुस्तामा सिप हस्तान्त्रण नहुनु, परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेरिनु जस्ता समस्याको सामना गरिरहेका दलित समुदायले गर्ने पेसा संरक्षणको अभियानमा नगरपालिका जुटेको हो ।
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले दलित समुदायले गर्ने सिप लोपोन्मुख अवस्थामा पुग्नु् सबैको चिन्ता र चासोको विषय बनेको बताए । उनले दलित समुदायले गरेका परम्परागत आरन, सिलाइकटाइ, मादल बनाउने, जुत्ता सिलाउने लगाएतका पेसालाइ टिकाउन र नयाँ पुस्तामा हस्तान्त्रण गर्नका लागि विषेश योजना सहित नगरपालिका अगाडि बढेको बताए ।
गल्याङ नगरपालिका सामाजिक विकास अधिकृत ढालबहादुर केसीले परम्परागत पेसाको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले पहिलो चरणमा १८ जना नागरिकलाई आरन व्यवस्थापन सम्बन्धि सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार दलित उत्थान तथा सशक्तिकरणका लागि आरनका लागि पंखा १४ थान, इलेक्ट्रोनिक पंखा एक थान, घन ५३ थान, गैन्डर मेसिन छ थान, सनासो २० थान, वेल्डिङ मेसिन तीन थान, रेती २२ थान, लिइ १३ थान पुर्ण अनुदानमा वितरण गरिएको हो । यस अघि नगरपालिकामा मादल बनाउने पेसा गर्नुभएका एक मात्र व्यक्तिलाइ उपकरण खरिदका लागि १२ हजार सहयोग गरिसकिएको केसीको भनाइ छ ।
गल्याङ नगरपालिका ११ का वडा सदस्य ससिकुमार विकले दलित समुदायले गर्ने परम्परागत पेसालाई हेलाको दृष्टिकोणले हेर्दा युवाहरु आकर्षित हुन नसकेको बताए । उनले समयानकुल आधुनिक प्रविधिको प्रयोग नबढ्दा पनि परम्परागत पेसामा श्रम र समय अत्यन्त धेरै खर्च हुने गरेको बताए ।
गल्याङ नगरपालिका ४ कराङ्दीका लक्ष्मण सुनारले छोरानातीले आरन व्यावसायमा चासो नदिएका बेला नगरपालिकाले आरन संरक्षणका लागि पहल गरिदिदा खुसि लागेको बताए । “हामी बुढाले जसोतसो आरन पेसालाई थमाउने काम गरेका छौँ, बढि श्रम र पसिना खर्च हुने हुँदा छोरानातीले काम सिक्ने चासो दिएका छैनन्”, उनले भने, “आधुनिक मेसिन पाएका छौँ अब श्रम र समयको बचत हुने भयो, काम गर्न सजिलो हुने भएपछि नयाँ पुस्ताले काम गर्न चासो देखाउँछन् जस्तो छ ।”
यस्तै गल्याङ नगरपालिका ९ साङ्लीयाका अमरसिंह विकले घरले छाएको आरनमा काम गर्दा बर्षातमा पानीले रुझाएर काम गर्न नसकिने गरेको गुनासो गरे । “धेरै बर्ष देखि आरन टिनले छाउने सपना थियो, आर्थिक अवस्था कमजोर हुँदा छाउन सकेको थिइन”, उनले भने, “नगरपालिकाले आरन छाउन टिन दिएको छ अब त बर्खाको झरीमा समेत काम गर्न पाइने भइयो ।”
गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमल्सीनाले पहिलो चरणमा परम्परागत पेसा संचालनका लागि आवस्यक सामग्री वितरण गरिएपनि दोस्रो चरणमा सिपमुलक तालिम र विभिन्न प्रशिक्षणात्मक कार्यक्रम संचालनका लागि नगरपालिकाले पहल गर्ने बताए । उनले नगरपालिका भित्र रहेर परम्परागत पेसा गर्ने हरेक दलित समुदायलाई नगरमा सूचिकृत हुन आग्रह गर्दै समस्या भए तत्काल सम्पर्क गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: