काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते एक पुस्तक विमोचनका क्रममा आफूले दिएको अभिव्यक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि सदनबाटै जवाफ दिन चाहेको बताएका छन् ।
सदनबाटै जवाफ दिनका लागि आफूले प्रयास गरेको भए पनि संसद अवरुद्व गरिएका कारण आफुले जवाफ दिन नपाएकाे बताएका हुन् ।
गत बुधबार देखि अवरुद्व भएकाे संसद बैठक सोमबार खुले सँगै प्रतिनिधि सभामा जवाफ दिने क्रममा उनले आफुले सदनमै जवाफ दिन खाेजेकाे समयमा सुरुदेखि नै स्पष्ट पार्नका लागि पर्खेर बसेको भएपनि आँफुलाई संसद् किन अवरुद्ध गरिएकाे भन्कुने कुरा नै थाहा नभएकाे बताए ।
उनले जवाफ दिँदै गर्दा प्रश्न गर्दै भने -राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनेर किन भनियो मैले बुझ्न सकेको छैन। के यही हो संसदीय अभ्यास?'
आफूलाई राप्रपा सांसद राजेन्द्र लिङ्देनले नैतिकताको प्रश्न उठाएपछि उनले त्यस्ता प्रश्न उठाउन पाइने बताए । 'तर संसद् अभ्यास र पद्धति के हो भन्ने कुरा प्रतिपक्षीलाई राम्रोसँग थाहा छ । स्पष्टीकरणको मौका पनि नदिई राजीनामा किन मागियाे', उनले भने।
उनले आफूले संसद्मा उभिएर यथार्थ भन्न पाउनुपर्दैन? भन्ने प्रश्न गरे । उनले थपे, 'किन तीन दिनसम्म संसद् अवरोध गरियो? मैले बुझ्न सकिनँ । के प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै दिनुपर्ने हो ? यही हो परम्परा र विधि? के प्रतिपक्षीले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीलाई सदन समक्ष स्पष्टीकरणको मौका पनि दिन पनि नहुने हो ? यो मेरो प्रश्न मात्रै हो ।'
प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह सँग आफ्नाे पारिवारीक वाहेक अन्य कुनै सम्वन्ध नभएकाे बताउँदै सरदार प्रितम त्याे राजनीतिक खेलाडी नभएकाे पनि बताए । उनले त्याे समयमा आफु भावनामा बहकीएर त्याे कुाराहरु गरेकाे बताए । उनले भने - मैले पुस्तक विमाेचनमा भावनामा बहकिएर उतिबेला प्रितमले गरेकाे कुरा नगरेकाे भए पनि हुने थियाे तर गरे अलि भावनामा बहकिएँ ।'
जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो दिन आफूले प्रधानमन्त्री नभइ आफ्नो ठूली छोरीको बुवा भएर बोलेको पनि बताएका । उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ।’
उनले सदनमा आफू प्रतिवादका लागि नभई स्पष्टीकरणका जवाफ दिन आएको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: