काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते एक पुस्तक विमोचनका क्रममा आफूले दिएको अभिव्यक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि सदनबाटै जवाफ दिन चाहेको बताएका छन् ।
सदनबाटै जवाफ दिनका लागि आफूले प्रयास गरेको भए पनि संसद अवरुद्व गरिएका कारण आफुले जवाफ दिन नपाएकाे बताएका हुन् ।
गत बुधबार देखि अवरुद्व भएकाे संसद बैठक सोमबार खुले सँगै प्रतिनिधि सभामा जवाफ दिने क्रममा उनले आफुले सदनमै जवाफ दिन खाेजेकाे समयमा सुरुदेखि नै स्पष्ट पार्नका लागि पर्खेर बसेको भएपनि आँफुलाई संसद् किन अवरुद्ध गरिएकाे भन्कुने कुरा नै थाहा नभएकाे बताए ।
उनले जवाफ दिँदै गर्दा प्रश्न गर्दै भने -राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनेर किन भनियो मैले बुझ्न सकेको छैन। के यही हो संसदीय अभ्यास?'
आफूलाई राप्रपा सांसद राजेन्द्र लिङ्देनले नैतिकताको प्रश्न उठाएपछि उनले त्यस्ता प्रश्न उठाउन पाइने बताए । 'तर संसद् अभ्यास र पद्धति के हो भन्ने कुरा प्रतिपक्षीलाई राम्रोसँग थाहा छ । स्पष्टीकरणको मौका पनि नदिई राजीनामा किन मागियाे', उनले भने।
उनले आफूले संसद्मा उभिएर यथार्थ भन्न पाउनुपर्दैन? भन्ने प्रश्न गरे । उनले थपे, 'किन तीन दिनसम्म संसद् अवरोध गरियो? मैले बुझ्न सकिनँ । के प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै दिनुपर्ने हो ? यही हो परम्परा र विधि? के प्रतिपक्षीले प्रश्न उठाउने बित्तिकै प्रधानमन्त्रीलाई सदन समक्ष स्पष्टीकरणको मौका पनि दिन पनि नहुने हो ? यो मेरो प्रश्न मात्रै हो ।'
प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह सँग आफ्नाे पारिवारीक वाहेक अन्य कुनै सम्वन्ध नभएकाे बताउँदै सरदार प्रितम त्याे राजनीतिक खेलाडी नभएकाे पनि बताए । उनले त्याे समयमा आफु भावनामा बहकीएर त्याे कुाराहरु गरेकाे बताए । उनले भने - मैले पुस्तक विमाेचनमा भावनामा बहकिएर उतिबेला प्रितमले गरेकाे कुरा नगरेकाे भए पनि हुने थियाे तर गरे अलि भावनामा बहकिएँ ।'
जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो दिन आफूले प्रधानमन्त्री नभइ आफ्नो ठूली छोरीको बुवा भएर बोलेको पनि बताएका । उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ।’
उनले सदनमा आफू प्रतिवादका लागि नभई स्पष्टीकरणका जवाफ दिन आएको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: