काठमाडाैं । गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ । बिहिबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरु सबैलाइ पछि पार्दै नेपाल चेम्पियनको ताज जितेको हो ।
देशभरका स्टार्टअपहरु बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जना बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो ।
विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्ट अप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्ट अप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।
स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वल्र्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरुलाई प्रवद्र्धन गर्न र उनीहरुको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताए ।
स्टार्टअप वल्र्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरे ।
स्टार्टअप वल्र्डकपको बिहिबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरुमा Galli map, Quickfox consulting, Diyo AI, Aster Innovation,Kleanitup cyclers रहेका छन्
बिजयी महर्जनलेअमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् ।स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: