काठमाडौं । शंकास्पद कागजात भएको भन्दै दिल्ली ट्रान्जिटबाटै फर्काइएकी चिकित्सा मनोविद् जुगमाया चौधरीको उडान अवधिभर खर्च भएको रकम एयर इन्डियाले फिर्ता गर्ने भएको छ । एयर इन्डियाको काठमाडौं-दिल्ली-लन्डन उडानमा यात्रुको ‘शंकास्पद कागजात’ भन्दै दिल्ली ट्रान्जिटबाटै घर फिर्ता गराएको विषयमा यात्रु चौधरीले सरोकार सम्बद्ध निकायबाट जवाफ माग गरेकी थिइन् ।
आफ्नो अनुसन्धानमा भारतीय विमानस्थलमा रहेका बेलायतका एयरलाइन लियाजन अफिसर (एएलओ) को निर्देशनमा यात्रुलाई उक्त विमानमा उडान भर्न नदिइएको देखिएको एयर इन्डियाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यात्रुमाथि भएको असहज परिस्थितिप्रति दुःख व्यक्त गर्दै एयर इन्डियाले उनको यात्रा अवधिभर लागेको सम्पूर्ण रकम फिर्ता गर्ने र पुनः अर्को उपलब्ध उडानमार्फत अतिरिक्त खर्चबिनै टिकट काटिदिने आश्वासन दिएको छ ।
चौधरीले आफू चिकित्सा मनोविद् (क्लिनिकल साइकोलोजिस्ट) का रुपमा कार्यरत रहेको सबै प्रमाण तथा दिल्लीस्थित नेपाली दूतावासको नो–अब्जेक्सन लेटर बुझाएर पनि एयर इन्डियाले उडान भर्न नदिएको भन्दै काठमाडौंस्थित भारतीय दूतावास, बेलायती दूतावास, एयर इन्डिया कार्यालय, भीएसफ ग्लोबलसहितमा उजुरी गरेकी थिइन् ।
‘मेरो मेडिकल फिल्डकै साथीको कन्भोकेसन समारोहमा सहभागी हुन लन्डन जाने टुंगो भएपछि एयर इन्डियाको काठमाडौं–दिल्ली–लन्डन उडानको टिकट गरेकी थिएँ, तर दिल्लीबाट विमान चढ्न लागेपछि मलाई काउन्टरबाटै रोक्ने काम गरियो, ट्रान्जिटमै रातभर र भोलिपल्ट पनि कुराउन लगाएर ५५ हजार भारु रकम थप गर्ने भए उडान भर्न दिइने भनियो । तर, ‘शंकास्पद कागजात’ को कुनै प्रमाण नखुलाइकन दिल्लीबाट काठमाडौं डिपोर्ट गराइएको‚’ गत मार्च २१–२२ मा आफूले बेहोरेको समस्या सुनाउन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा आएकी चौधरीले भनेकी थिइन् ।
यो कठिनाइ बेहोर्नुपरेपछि दिल्लीस्थित नेपाली दूतावासले तत्कालै ‘नो अब्जेक्सन लेटर’ पठाए पनि अर्को उडानमा पनि लन्डन जान नदिइएको र यसरी यात्रुलाई उडान रोक्नमा ‘एएलओ’(एयरक्राफ्ट लियाजन अफिसर) को अधिकार हुने भन्दै यात्रुलाई जबरजस्ती घरफिर्ता गरिएकोमा चौधरीले विभिन्न सम्बन्धित निकायमा उजुरी गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: