Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गसाएका हुन् ।

तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो । तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेमा थिए ।

माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित पनि नभएपछि मुख्यमन्त्री थापाले कांग्रेसका प्रदीपकुमार सुनुवार, नेकपा (एकीकृत समाजवादी)  का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को कार्य विभाजनपछि हुने जनाइएको छ ।

माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमा विवाद चर्केकोले शपथ ग्रहणमा उपस्थित नभएको एक प्रदेश सांसदले बताए ।

माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेमा थिए । 

माओवादीमा आचार्यलाई मन्त्री बनाउन नहुनेको संख्या बढी भएकाले विवाद भएको एक प्रदेश सांसदले बताए ।

थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी शपथ ग्रहण गर्ने तयारी गरेका थिए तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि दुई जना मन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending