Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मेटा कम्पनीले ट्विटरको प्रतिस्पर्धी नयाँ एप ल्याउँदै

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को सामाजिक सञ्जाल ट्विटरको प्रतिस्पर्धी नयाँ एप आगामी बिहीवारदेखि सञ्चालनमा ल्याउन लागेको छ।

थ्रेड्स् भनिने उक्त एपलाई एपल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि-अर्डर’ गर्न सकिन्छ भने त्यसलाई इन्स्टाग्रामसँग लिङ्क गरिनेछ।

उक्त एपका स्क्रीनसटहरू हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ। मेटाले थ्रेड्स्‌लाई टेक्ट्स बेस कन्भर्सेसन एप अर्थात् “अक्षरमा आधारित संवाद एप” भनेको छ।

फेसबुक सञ्चालक कम्पनीको उक्त निर्णय त्यसका मालिक मार्क जकरबर्ग र ट्विटरका मालिक इलोन मस्कबीचको पछिल्लो प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

गत महिना जकरबर्ग र मस्क दुवैले आफूबीच प्रतिस्पर्धा गर्ने सार्वजनिक रूपमै घोषणा गरेका थिए। तर उनीहरूले त्यस्तो प्रतिस्पर्धा कहिलेसम्म जारी राख्छन् भन्ने स्पष्ट छैन।

मेटाको थ्रेड्स् एप नि:शुल्क रहेको र त्यसमा जति पनि पोस्ट गर्न पाइने जस्तो देखिएको छ। “थ्रेड्स्‌मा समुदायहरू एक स्थानमा आएर आजका चासोका जुनसुकै विषयदेखि भोलि ट्रेन्डिङमा रहने विषयसम्म छलफल गर्न सक्नेछन्,” एप स्टोरमा रहेको उक्त एपको विवरणमा उल्लेख छ।

उक्त एपबाट लिइएका तस्बिरहरू हेर्दा त्यो लगभग ट्विटर जस्तै देखिन्छ। मेटा एप भएकाले थ्रेड्सले प्रयोगकर्ताको फोनमा लोकेसन, खरिद र ब्राउजिङ हिस्ट्री लगायतका डेटाहरू पठाउन सक्छ।

ट्विटरसँग उल्लेखनीय समानता भएका धेरै एपहरू हालैका वर्षहरूमा आएका छन्। त्यस्ता एपमा डोनल्ड ट्रम्पको ट्रुथ सोशल र मास्टोडनलगायत छन्।

मस्कले प्रयोगकर्ताले गर्न पाउने पोस्टलाई सीमित पार्ने निर्णय गरेसँगै ट्विटरजस्तै अर्को एप ब्लूस्काईले ‘ट्राफिक’ उच्च देखिएको दाबी गरेको छ। यद्यपि थ्रेड्स् ट्विटरले सामना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो खतरा हुनसक्छ।

मार्क जकरबर्गले अन्य कम्पनीका सोचहरूलाई लिएर तिनलाई सफल बनाएका उदाहरणहरू छन्। मेटाको रील्स धेरै हेरिनेमा पर्छ र त्यो टिकटकको नक्कल जस्तो देखिन्छ भने स्न्यापच्याटमा पनि त्यस्तै विशेषता छ।

मेटासँग ट्विटरसँग प्रतिस्पर्धा गर्ने स्रोत पनि छ। थ्रेड्स् इन्स्टाग्राम प्लेटफर्मको हिस्सा हुने भएकाले यो लाखौँ प्रयोगकर्ताहरूसँग सुरुमै जोडिन पुग्नेछ। त्यस्तै अन्य प्रतिस्पर्धीको जस्तो यो शून्यबाट सुरु भएको पनि हुनेछैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending