Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ

खबरडबली संवाददाता

सुर्खेत । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल नौ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ हुने दुई सय ७६ हेक्टरमा शतप्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

जुम्लामा दुई हजार नौ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकामा हालसम्म दुई हजार छ सय ५५ .९( प्रतिशत) हेक्टर जमीनमा रोपाइँ भएको निर्देशक रोकायले बताए । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार चार सय ८६ हेक्टर रहेको छ । हुम्लाको कूल १२ हजार छ सय ५४ हेक्टर खेतीयोग्य जमिनमा एक हजार दुई सय ८४ हेक्टरमा रोपाइँ हुँदै आएकामा अहिलेसम्म आठ सय ३४ हेक्टर ९६५ प्रतिशत० जमीनमा रोपाइँ भएको जनाइएको छ । 

मुगुको कूल १६ हजार एक सय ३५ हेक्टर जमिनमा नौ सय हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा यही असार १५ गतेसम्म चार सय ७९ ९५२ प्रतिशत० हेक्टर जमिनमा रोपाइँ भएको छ । कालीकोटमा कूल खेतीयोग्य ३९ हजार नौ सय २१ हेक्टर जमिन छ । तीन हजार १९ हेक्टर जमिनमा रोपाइँ हुँदै आएकामा यस वर्ष असार १७ गतेसम्म एक हजार आठ सय ११ ९३६ प्रतिशत० हेक्टर जमिनमा रोपाइँ भएको छ ।  

त्यसैगरी जाजरकोटको कूल खेतीयोग्य २५ हजार तीन सय ८४ मध्ये धान रोपाइँ हुने तीन हजार ६५ हेक्टर जमिनमा एक हजार सात सय १६ (५६ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । सल्यानमा कूल खेतीयोग्य जमिन ७९ हजार ५७ हेक्टर छ । त्यसमा सात हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्नेमा असार १७ गतेसम्म तीन हजार आठ सय ८९ .५५ प्रतिशत) रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार रुकुमपश्चिमको कूल खेतीयोग्य जमिन २३ हजार एक सय ७२ मा धान रोपाइँ हुने तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिन छ । त्यसमा हिजोसम्म एक हजार तीन सय ११ ९४३ प्रतिशत० हेक्टर जमिनमा रोपाइँ भएको छ । सुर्खेतको १५ हजार दुई ४० हेक्टर धान रोपाइँ हुने जमिनमा पाँच हजार तीन सय ३४ ९३५ प्रतिशत० हेक्टर जमिनमा धान रोपाइँ भएको उनले बताए । सुर्खेतको कूल खेतीयोग्य जमिन ५५ हजार दुई सय हेक्टर रहेको छ ।

कर्णाली प्रदेशको सबैभन्दा कम रोपाइँ दैलेखमा भएको निर्देशनालयले जनाएको छ । दैलेखमा असार १७ गतेसम्म मात्र २५ प्रतिशत रोपाइँ भएको छ । कूल खेतीयोग्य ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल भएको दैलेखमा आठ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुन्छ । आइतबारसम्म दुई हजार एक सय २८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जनाइएको छ ।

निर्देशक रोकायका अनुसार डोल्पामा थोरै खेतीयोग्य जमिन र त्यसमा धान रोपाइँ हुने क्षेत्रफल नै कमी भएकाले शतप्रतिशत रोपाइँ भएको तर दैलेखका कतिपय ठाउँमा मूल फुटेपछि मात्र रोपाइँ हुने भएकाले कम प्रतिशत देखिएको हो । असार मसान्तसम्म सम्भवत: कर्णालीमा ६० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending