विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो ।
प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने बताएको हो । आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै वार्ताको वातावरण नभएको बताएको छ ।
कोशी प्रदेश सरकारका वार्ता टोली संयोजक तथा खानेपानी सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ताका लागि संघर्ष समितिका नेताहरुको समय नमिलेपछि स्थगित गरिएको बताए । प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टी र संघर्ष समितिलाई एकै समयमा वार्तामा बोलाएको पनि उनले बताए । उनले फेरि सल्लाह गरेर वार्तामा बोलाइने जनाए ।
१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन सुरु गरेका थिए । आन्दाेलनका क्रममा एकजनाकाे ज्यान गएकाे छ भने प्रदेशभर पहिचानपक्षधरहरु सयाैं घाइते भएका छन् ।
प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: