काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई उपचारका लागि वीर अस्पताल पठाइएको हो। घटनापछि अवस्था हेर्दै उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।
शोभा पाठकले यसअघि एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय भने उनी राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई पुनर्बहाली गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्दै आएकी थिइन्।
सोही धर्नाकै क्रममा हातपात भएको प्रहरीको प्रारम्भिक भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १६:४६
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएको छन्। पार्टी केन्द्रीय कार्यालय सान...
बैशाख १४ गते, २०८३ - १६:३५
काठमाडौं। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आजदेखि संविधान तथा कानुनविद्हरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन...
बैशाख १४ गते, २०८३ - १६:०९
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछ...
बैशाख १४ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...
बैशाख १४ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...
बैशाख १४ गते, २०८३ - १५:१६
काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...
बैशाख १४ गते, २०८३ - १५:०४
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...
बैशाख १४ गते, २०८३ - १४:३९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका छन्। महामन्त्री पौडेलले स...
बैशाख १४ गते, २०८३ - १४:२८
काठमाडौं । माइतिघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच झडप भएको छ। झडपमा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र अभियन्ता सोभा पाठक प्रत्यक्ष ...
बैशाख १४ गते, २०८३ - १४:०५
तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेको छन्। नेपाली साहित्यका आदिकव...


प्रतिकृया लेख्नुहोस्: