Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

ललिता निवास निल्न खाेज्ने पक्राउ पर्न थाले, मिटर ब्याजी र सहकारीका ठगहरुमाथि कारबाही सुरु भइसकेको छः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।

आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको उनले बताउँदै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताए । हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही रहेकाे उल्लेख गरे ।

यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनकाे भनाइ छ  । उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको बताउँदै उनले याे काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको बताए ।

यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’

वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

डोजरको डरले काँप्यो पोखरा: बसपार्कमै साढे ४ सय घर, सुकुमवासी त्रासमा

पोखरा । चुनाव आउँदा ‘व्यवस्थापन’ को वाचा गरिने, चुनाव सकिँदा फेरि बिर्सिने—पोखराको सुकुमवासी मुद्दा यतिबेला फेरि तातिएको छ। तर यसपटक बहस मात्रै होइन, ...

राजनीतिले रोक्यो ‘सचिव’, सेवाले बनायो ‘इतिहास’: डा. बस्नेतको कथा

विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending