Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

हिरासतबाट बल्छीको गुनासो- ‘वान एक्स वेट’ अवैध भन्ने थाहा थिएन, हत्कडी लगाउँदा नमिठो लाग्यो

खबरडबली संवाददाता

काठमाडौं । अनलाइन बेटिङ (सट्टेवाजी) को वेबसाइट वानएक्स वेटको प्रचार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने आफूलाई थाहा नभएको बताएका छन्। 

जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका श्रेष्ठलाई भेट्न सोमबार पुगेको कलाकारहरुसँग उनले भने, ‘धेरै युट्युबरहरुले त्यसरी विज्ञापन गरेका थिए, हामीलाई पनि अफर आयो। त्यही अनुसार विज्ञापन मात्र गरेका थियौं। त्यो गलत हो भन्ने थाहा थिएन।’

लामो संघर्षपछि स्थापित हुँदै गरेका बेला विज्ञापनको विषयलाई लिएर ठूलै अपराधीझैँ पक्राउ गरिँदा आफू खिन्न भएको बताए। 

उनले भने, ‘विज्ञापनवापत पैसा आउँथ्यो, त्योबाहेक केही सरोकार थिएन। दुःख र संघर्ष गरेर यहाँसम्म आइयो, यस्तो सानो विषयमा थुनामा पर्नुपर्‍यो।’

प्रहरीले हातमा हत्कडी लगाएर अदालत लाँदा ल्याउँदा एकदम नमिठो लागेको सुनाए।  

अवैध वान एक्स वेटको प्रचार गरेको अभियोगमा बल्छी ध्रुवेसहित पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर जलन’ र गणेश देवकोटा (जिडी) रहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending