Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

महिलाचल चित्रकर्मीका लागि आईएलओ नेपाल र युएनवुमनको नीति संवाद सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला चलचित्र कर्मीहरुका लागि आईएलओ नेपाल र युएनवुमनले मर्यादित रोजगारी सिर्जना तथादिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्नतः अन्र्तराष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेको छ । 

नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएनवुमनले चलचित्र उद्योगमा काम गरिरहेको महलाहरुको अवस्था र उनीहरु मर्यादित पेशावारे एक अन्र्तक्रिया कार्यक्रम नीति संवाद बिहीवार काठमाडौं म्यारियट होटलमा सम्पन्न गरेको हो ।
कार्यक्रममा चलचित्र उद्योग माथी अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुतगरिएको थियो । जसमा नेपालीचलचित्रको अवस्था, महिलाहरुको अवस्था, महिलाहरुको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरुको रोजगारीको सुनिश्चिततावारे विषयहरु समावेश भएको थियो ।

चलचित्र उद्योगका महिलाहरुलाई मर्यादित पेशावारे सजग बनाउँदै दिगो रोजगारीको सिर्जनाका लागि आईएलओ नेपाल र युएनवुमनले सरकारबाटै नीतिनिर्माण गरि कार्यक्रमल्याउनु पर्ने अवस्था सिर्जनाका लागि कार्यक्रमको आयोजना गरेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताईन् ।

चलचित्रउद्योग र महिलाहरुको मर्यादित पेशावारे प्रतिवेदन प्रस्तुत पछि उपस्थित व्यक्तित्वहरु र संघ संस्थाका प्रतिनिधिले सुझाव समेत पेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल र सदस्य सचिवतोय नारायण ज्ञवालीले महिला चलचित्रकर्मीको अवस्थालाई बुझेर दिगो मर्यादित पेशाका लागि थप कार्यक्रमहरु सरकारले निर्माण गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा बरिष्ठ कलाकार बसुन्धरा भुषाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्य लगायतले चलचित्र उद्योगमा आफुले भोगेका अनुभव सुनाएकी थिईन् । यस्तै नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायतले प्रतिवेदनमा केही गलत दाता र जानकारी रहेको भन्दै सच्याउन आग्रहगर्दै सुझावहरु दिएका थिए ।

सरकारले चलचित्र नीतिपास नगर्नु रउद्योगमो मान्यता दिएपनि सेवा सुविधा नदिँदा चलचित्र उद्योगमा दिगो राजगारी सुनिश्चितता नभएको समीर बलामीले बताए ।

आईएलओ नेपाल र युएनवुमनले संयुक्त रूपमा आयोजना गरेको नीति संवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा महिलाका लागि मर्यादित रोजगारीका अवसरहरू बढाउन सरकारका प्रतिनिधिहरू, चलचित्र क्षेत्रका चलचित्रकर्मी, नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू र विकास निकायका प्रतिनिधिहरूलाई भेला गराइएको थियो। कार्यक्रममा आईएलओका कन्ट्रि डाईरेक्टर नुमान ओज्कानको पनि उपस्थिती रहेको थियो ।

यस्तै महिला बालबालिका मन्त्रालयकी शाखा अधिकृत, श्रम मन्त्रालयकी शाखा अधिकृत, शिक्षा मन्त्रालयकी शाखा अधिकृत, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत, पर्यटन मन्त्रालयकी शाखा अधिकृत, राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक, अर्थ मन्त्रालयकी शाखाअधिकृत, युनेस्कोका प्रतिनिधि, प्लान ईन्टरनेशनलकी प्रतिनिधि, निर्देशक समाजका प्रतिनिधि, नृत्य संघका प्रतिनिधि लगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending