Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

प्रधानमन्त्रीको कार्यालय कार्यकर्ता भर्ती केन्द्र बनेको एमालेको आरोप

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको कार्यालयमा कर्मचारी कटौतीको माग गरेको छ । प्रधानमन्त्रीको कार्यालय कार्यकर्ता भर्ती केन्द्र बनेको ओरोप लगाउँदै   कर्मचारी कटौतीको माग गरेको हाे । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले अनावश्यक कर्मचारी भर्ना गरेको भन्दै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा कर्मचारी कटौती गर्नुपर्ने माग गरेका हुन् ।

उनले भने, -‘प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा १४ जनाको दरबन्दी छ। त्यहाँ १४ जना रहेका छन् ।  स्वकीय सचिवालयमा ३४ जनाको जम्बो टिम छ। सल्लाहकार सचिवालयमा ४ जना भनिएको छ। त्यहाँ १४र१५ जना छन्। यसरी प्रधानमन्त्री सचिवालयको नाममा राज्यको अरबौं रकम सकिएको छ।’

एमाले सांसद गिरीले चाहिने भन्दा बढी सेवा सुविधा दिएर राष्ट्रपति कार्यालयमा पनि कर्मचारी नियुक्त गरेको भन्दै आपत्ती जनाए ।  ‘राष्ट्रपति कार्यालयमा यति धेरै  कर्मचारी र सल्लाहकार थपिदै लिएर गएको छ। उनीहरूलाई गाडी, घोडा, सेवा सुविधा व्यापक बनाएर लगेको छ,’ उनले भने,- ‘त्यो कार्यकारी कार्यालय हो कि कस्तो अवस्थाको कार्यालय हो’

उनले सरकार मोजमस्तीमा डुबिरहेको आरोप लगाए । ‘बेरोजगारीलाई अन्त्य कसरी गर्ने,अर्थतन्त्रलाई कसरी लयमा फर्काउनेमा सरकारको ध्यान पटक्कै छैन,उनले भने,'रोम सहर जल्दा निरोले बासुरी बजाएर आनन्द लिएजसो। देश वर्वाद भइरहेको छ, सरकार मोजमस्तीमा रहेको अवस्था छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending