पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ मा रहेका चौतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालन गरिएको छ । विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो ।
पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्भार अभियान अन्तर्गत परापूर्वकालमा निर्माण भएका पाटीपौवा, चौताराहरुलाई संरक्षण एवं सम्वर्द्धन गर्दै मानिसहरुलाई समेत अपनत्व महसुश गराउने हेतुले निशुल्क इन्टरनेट अभियान सुरू गरिएको हो ।
जेष्ठ नागरिक, युवा तथा फुर्सदिला सर्वसाधारण नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै ईन्टरनेटको प्रयोग गर्ने गरी चाैताराहरुमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएकाे रम्भा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए । आफूलाई चाहिने सामाग्री समेत गुगलमा खोजेर पढ्न सक्ने तथा फेसबुक, टिकटक मात्रै नभएर ज्ञानवर्द्धक कुराहरुपनि ईन्टरनेटको प्रयोगबाट लिन सकिने उनकाे भनाइ छ ।
गाउँकै चौतारामा ईन्टरनेट चलाउन पाएपछि स्थानीयपनि खुसी भएका छन् । रम्भा १ नौगाउँकी भूमिसरा सारूले गाउँका चौतारीमा निशुल्क इन्टरनेट भएपछि विदेश हुने आफन्त र छिमेकीहरूसँगको सम्पर्क बढेको बताइन् । समय कटाउनकै लागि चौतारामा बस्ने गर्थ्यौ अहिले स्वच्छ हावासँगै फेसबुकबाट राम्रा कुराहरू पनि पाउन थालिएकाे स्थानीय हरिकुमारी न्यौपानेले बताइन् । शहर बस्ने छोराछोरीसँग दैनिक कुरा गर्न पाउँदा घरमै सपरिवार भएको महशुस भएको उनकाे भनाइ छ ।
इन्टरनेट हावा, पानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ । वडा नम्बर १ मा रहेका २० वटा चौताराहरुमा आफ्नो कार्यकालभित्र ईन्टरनेट सेवा प्रवाह गर्ने काफ्लेको प्रतिवद्धता रहेकाे छ । अहिले दुईवटा चौतारा नौगाउँ चौपारी र गैरीमा ईन्टरनेट जोडिएको छ । इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट गर्ने छ जसको खर्च वार्षिक १३ हजार छ ।
गाउँमा हुने क्रियाकलापलाइ विश्वव्यापी बनाउन र ज्ञानमूलक सामाग्री तथा सन्देशहरु पढ्न, सुन्न तथा हेर्न पाउने भएपछि स्थानिय युवाहरू पनि वडाध्यक्ष काफ्लेको प्रशंसा गरेका छन् । धार्मीक तथा वैज्ञानिक रूपमा पनि वरपिपलको फेदमा बसेर हावा लिनु स्वस्थकर मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: