पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ मा रहेका चौतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालन गरिएको छ । विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो ।
पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्भार अभियान अन्तर्गत परापूर्वकालमा निर्माण भएका पाटीपौवा, चौताराहरुलाई संरक्षण एवं सम्वर्द्धन गर्दै मानिसहरुलाई समेत अपनत्व महसुश गराउने हेतुले निशुल्क इन्टरनेट अभियान सुरू गरिएको हो ।
जेष्ठ नागरिक, युवा तथा फुर्सदिला सर्वसाधारण नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै ईन्टरनेटको प्रयोग गर्ने गरी चाैताराहरुमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएकाे रम्भा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर काफ्लेले बताए । आफूलाई चाहिने सामाग्री समेत गुगलमा खोजेर पढ्न सक्ने तथा फेसबुक, टिकटक मात्रै नभएर ज्ञानवर्द्धक कुराहरुपनि ईन्टरनेटको प्रयोगबाट लिन सकिने उनकाे भनाइ छ ।
गाउँकै चौतारामा ईन्टरनेट चलाउन पाएपछि स्थानीयपनि खुसी भएका छन् । रम्भा १ नौगाउँकी भूमिसरा सारूले गाउँका चौतारीमा निशुल्क इन्टरनेट भएपछि विदेश हुने आफन्त र छिमेकीहरूसँगको सम्पर्क बढेको बताइन् । समय कटाउनकै लागि चौतारामा बस्ने गर्थ्यौ अहिले स्वच्छ हावासँगै फेसबुकबाट राम्रा कुराहरू पनि पाउन थालिएकाे स्थानीय हरिकुमारी न्यौपानेले बताइन् । शहर बस्ने छोराछोरीसँग दैनिक कुरा गर्न पाउँदा घरमै सपरिवार भएको महशुस भएको उनकाे भनाइ छ ।
इन्टरनेट हावा, पानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ । वडा नम्बर १ मा रहेका २० वटा चौताराहरुमा आफ्नो कार्यकालभित्र ईन्टरनेट सेवा प्रवाह गर्ने काफ्लेको प्रतिवद्धता रहेकाे छ । अहिले दुईवटा चौतारा नौगाउँ चौपारी र गैरीमा ईन्टरनेट जोडिएको छ । इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट गर्ने छ जसको खर्च वार्षिक १३ हजार छ ।
गाउँमा हुने क्रियाकलापलाइ विश्वव्यापी बनाउन र ज्ञानमूलक सामाग्री तथा सन्देशहरु पढ्न, सुन्न तथा हेर्न पाउने भएपछि स्थानिय युवाहरू पनि वडाध्यक्ष काफ्लेको प्रशंसा गरेका छन् । धार्मीक तथा वैज्ञानिक रूपमा पनि वरपिपलको फेदमा बसेर हावा लिनु स्वस्थकर मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: