काठमाडौं । समाजबादी मोर्चा, नेपाल निकट युवा संगठनहरुको संयुक्त बैठक सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजबादी पार्टी, नेकपा (एकीकृत समाजबादी) र संसद बाहिर रहेका विप्लव निकट नेकपा कम्युनिस्ट पार्टीका युवा संगठनहरुको संयुक्त बैठक नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा भएकाे हाे ।
मंगलबार राष्ट्रिय सभागृहमा घोषणा भएको उक्त मोर्चाले स्थानीय स्तरसम्म संगठन विस्तार गर्ने कार्यक्रम तयसंगै युवा संगठनले पनि त्यसको तयारी थालेका छन् । माेर्चा निकट युवा संगठनहरुले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजबादको स्थापना गर्ने मुख्य उदेश्य सहित घोषणा भएको उक्त मोर्चाको युवा संगठनहरुले मोर्चा निर्माणमा पहल गरेकामा शिर्ष नेताहरूलाई धन्यवाद दिएका छन् ।
बैठकमा बाढी पहिरोको कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको काममा गर्नुको साथै सरकारसंग उचित क्षतिपूर्ति र राहत व्यवस्थापनका लागि माग गरेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा सामन्तवादका अवशेष तथा प्रतिगामी शक्तिद्वारा प्रगतिशील, अग्रगामी र परिवर्तनकारी दल र दलका नेताहरू विरुद्ध गरिएका अराजनैतिक अभद्र हर्कद प्रति बैठकमा खेद प्रकट गर्दै त्यस्ता गतिविधि विरुद्ध राजनीतिक रुपमा शसक्त प्रतिवाद गर्ने वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले जानकारी गराए ।
बैठकपछि वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पाली संगै युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली सी, समाजवादी युवा संघका श्याम शिल्पकार, युवा संघ नेपालका दिपक जिएमको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति सार्वजनिक गरेर बैठकले गरेका निर्णय सार्वजानीक गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: