Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जुन २१ अन्तर्राष्ट्रिय योग दिवस

खबरडबली संवाददाता

सामान्य भाषामा योगको अर्थ जोड भन्ने बुझिन्छ । आत्माको परमात्मासँग हुने जोडलाई नै योग भनिन्छ । योगलाई राम्ररी अध्ययन र साधना गर्ने हो भने हरेक मानिसले खोजेको कुरा यसबाट पाउन सक्छ । 

त्यसैले योगलाई विज्ञान, चिकित्सा पद्धति, जीवन जिउने कला भनी बताइन्छ । योग विधाका प्रवर्तकका रूपमा भगवान् शिवलाई लिइन्छ । शिवले पार्वतीलाई योगका सम्बन्धमा बताएको शास्त्रीय प्रमाण पनि पाइन्छन् ।

भगवान् कृष्णले श्रीमद्भागवत गीताको १८ अध्यायमा १८ प्रकारका योगको चर्चा गरेको छ । हाम्रा प्राचीन ग्रन्थहरू ऋग्वेद, वेद, उपनिषद्, रामायण, महाभारत, गीता आदिमा पनि योगका विषयमा केही न केही चर्चा गरिएको छ । 

यसलाई व्यवस्थित र लिपिबद्ध तरिकाले लेख्ने काम भने ऋषि पतञ्जलीले गरेका थिए। योगलाई महर्षि व्यासले समाधिको संज्ञा दिएका थिए भने श्रीमद्भागवत् गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् योगले काममा कुशलता ल्याउने छ भनिएको छ । प्रसिद्ध विद्वान् महर्षि पतञ्जलीले योगलाई ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् योगले चित्त शुद्ध गर्ने काम गर्छ भन्ने जनाएका छन् ।

योगको सुरुआतको इतिहास लामो भए तापनि यसको प्रचारप्रसार भने त्यति हुन नसकेको देखिन्छ। योगी, सन्यासी आदिको आश्रम, गुफा, मन्दिरलगायत ठाउँमा मात्र योग गरेको इतिहास छ। तर करिब ३०–३५ वर्ष अघिदेखि समाजका विभिन्न क्षेत्रमा योगबारे विभिन्न चर्चा हुन थालेको पाइन्छ ।

सन् १९९५ देखि स्वामी रामदेव र आचार्य श्री बालकृष्णले हरिद्वारबाट योगलाई मानिसको स्वास्थ्यसँग जोडेर अगाडि बढाए। त्यसपछि क्रमशः मानिसका विभिन्न रोग निको वा कम हुन थाले । यसले योगप्रति मानिसको आकर्षण द्रुत गतिमा बढ्दै गयो । यसरी विभिन्न योगगुरु पनि चर्चामा आउन थाले। अहिले संसारभर नै योग गर्न चाहने मानिस अत्यधिक भेटिन्छन् ।

सन् २०१४, डिसेम्बर ११ तारिखमा संयुक्त राष्ट्रसंघको ६९औं महासभामा योग दिवसको प्रस्ताव राखेपछि जुन २१ लाई विश्व योग दिवसको रूपमा मनाउने निर्णय गरियो । यस वर्षको विश्व नारा ‘बसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् संसार एक परिवार हो भन्ने जनाउँछ । 

यस नारामार्फत योगको नियमित अभ्यासमा कुनै पनि भेदभाव नगरी प्रत्येक व्यक्तिको स्वस्थ अस्तित्वलाई जोड दिइएको छ । नेपालमा भने असार ६ गते ‘मानवताका लागि योग’ (योग फर हुम्यानिटी) भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यसरी नेपाल, भारतमात्र नभई विश्वभर नै योगको महत्व दिनप्रतिदिन बढ्दै गएकाे छ ।

मानिस भौतिक सुख सुविधाको नाममा स्वास्थ्यलाई ख्याल गर्न भुल्दैछ। दिनहुँको तनाव, चिन्ता, डर आदिमा रुमल्लिएको छ । जसका कारण मानिस युवा अवस्थामै विभिन्न शारीरिक एवं मानसिक समस्याबाट पीडित बन्ने गरेका छन् ।

ती समस्या समाधानका लागि अस्पताल, क्लिनिक आदि ठाउँमा जाँदा पनि पूर्णरूपमा समाधान हुन सकेका छैनन् । योगले त्यस्ता समस्यालाई कम गरेको र कतिपय अवस्थामा निर्मूल पनि पारेकाले हिजोआज विश्वभर नै योगप्रति मानिसको विश्वास बढेको छ । 

विभिन्न देशमा योगबाट भएका फाइदा सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसारमा आएको पाइन्छ । आधुनिक औषधि विज्ञानले पनि निको पार्न नसकेका रोगहरूलाई योगले ठीक पारेका धेरै प्रमाण छन् । हिजोआज कुनै पनि क्षेत्रबाट समस्या समाधान नभए योग गरे हुन्छ भन्ने आमधारणा र विश्वास बढेको छ ।

आधुनिक चिकित्सा क्षेत्रमा लागेकाहरूले पनि नियमित योग गर्ने सल्लाह दिन थालेको पाइन्छ । चिकित्सक स्वयं योग गर्नुका साथै बिरामीलाई यसको नियमित अभ्यास गर्न सुझाउने गर्छन् ।

त्यसैले योगलाई विज्ञान पनि भन्ने गरिन्छ । योगमार्फत् शारीरिक रोगहरूबाट मानिसले मुक्ति पाएका छन् भने मानसिक समस्याहरूबाट पनि धेरै हदसम्म फाइदा पुगेको छ । 

त्यसैले नेपाल र केही दक्षिण एसियाली देशमा योगलाई निःशुल्क रूपमा वा कम शुल्कमा सिक्ने सिकाउने व्यवस्था गरिएको छ । युरोप, अमेरिका, चीन, जापानलगायत देशमा भने धेरै महँगो शुल्क तिरेर मात्र योग सिक्न पाइन्छ ।

स्वस्थ जीवनका लागि योग अनिवार्य भइसकेको छ । त्यसैले निजी क्षेत्रमात्र नभई सरकारी क्षेत्र पनि यसमा जोडिन थालेको पाइन्छ । औपचारिक शिक्षामा पनि योगबारे साना कक्षादेखि स्नातकोत्तर तहसम्म पढ्ने व्यवस्था मिलाइएको छ । 

योगलाई खेलको रूपमा पनि विकास गर्ने क्रममा योगसम्बन्धी खेलका संस्थाहरू नेपाललगायत विभिन्न देशमा स्थापना भएका छन् । ती संघसंस्थाले योगासन प्रतियोगितासमेत सञ्चालन गर्दै आएका छन् ।  हालै नेपालमा गत जुन १० देखि १२ सम्म तेस्रो दक्षिण एसियाली योग खेल च्याम्पियनसिप सम्पन्न भएको छ ।

यसरी खेलकुद क्षेत्रमा योगको प्रवेशले स्कुल, कलेज हुँदै विश्वविद्यालय तहमा पनि विद्यार्थीको रुचि दिनप्रतिदिन बढ्दै छ । नेपालमा योगको प्रचारप्रसार व्यापक भए तापनि सहरी क्षेत्रमा सीमित देखिन्छ ।

सहरी क्षेत्रमा मानिसमा चेतनाको विकास भएको र शारीरिक एवं मानसिक समस्या सहरी क्षेत्रमै बढी हुने भएकाले योग अभ्यास पनि यही क्षेत्रका मानिसले बढी गरेको पाइन्छ। विश्व स्तरको योग शिक्षक तालिममा सहभागी हुन धेरै विदेशी नेपालमा आउने गरेका छन् । 

नेपालमा सस्तो शुल्कमा राम्रो योग सिक्न पाइने हुँदा विदेशीको पनि यसमा रुचि बढेको देखिन्छ । गैरसरकारी संस्थाहरूले मात्र नभई सरकारी संघसंस्थाहरूले पनि योगको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका छ ।

आगामी दिनमा योग जनजनसम्म पुर्‍याउनु जरुरी छ । सहरकेन्द्रित योगलाई गाउँगाउँसम्म पुर्‍याउनु आजको आवश्यकता हो । स्थानीय सरकारले पनि योगलाई उत्तिकै महत्त्व दिँदै वार्षिक रूपमा निश्चित बजेट नै छुट्ट्याएर योग केन्द्र वा योग स्कुल खोलेर अभ्यास गराउनुपर्ने देखिन्छ ।

योगले मानिसमा सकारात्मक सोचको विकास गराउँछ। भाइचारा र सेवाको भावना बढाउने हुँदा आपसमा मित्रता बढाउँछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending