Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

जुन २१ अन्तर्राष्ट्रिय योग दिवस

खबरडबली संवाददाता

सामान्य भाषामा योगको अर्थ जोड भन्ने बुझिन्छ । आत्माको परमात्मासँग हुने जोडलाई नै योग भनिन्छ । योगलाई राम्ररी अध्ययन र साधना गर्ने हो भने हरेक मानिसले खोजेको कुरा यसबाट पाउन सक्छ । 

त्यसैले योगलाई विज्ञान, चिकित्सा पद्धति, जीवन जिउने कला भनी बताइन्छ । योग विधाका प्रवर्तकका रूपमा भगवान् शिवलाई लिइन्छ । शिवले पार्वतीलाई योगका सम्बन्धमा बताएको शास्त्रीय प्रमाण पनि पाइन्छन् ।

भगवान् कृष्णले श्रीमद्भागवत गीताको १८ अध्यायमा १८ प्रकारका योगको चर्चा गरेको छ । हाम्रा प्राचीन ग्रन्थहरू ऋग्वेद, वेद, उपनिषद्, रामायण, महाभारत, गीता आदिमा पनि योगका विषयमा केही न केही चर्चा गरिएको छ । 

यसलाई व्यवस्थित र लिपिबद्ध तरिकाले लेख्ने काम भने ऋषि पतञ्जलीले गरेका थिए। योगलाई महर्षि व्यासले समाधिको संज्ञा दिएका थिए भने श्रीमद्भागवत् गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् योगले काममा कुशलता ल्याउने छ भनिएको छ । प्रसिद्ध विद्वान् महर्षि पतञ्जलीले योगलाई ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् योगले चित्त शुद्ध गर्ने काम गर्छ भन्ने जनाएका छन् ।

योगको सुरुआतको इतिहास लामो भए तापनि यसको प्रचारप्रसार भने त्यति हुन नसकेको देखिन्छ। योगी, सन्यासी आदिको आश्रम, गुफा, मन्दिरलगायत ठाउँमा मात्र योग गरेको इतिहास छ। तर करिब ३०–३५ वर्ष अघिदेखि समाजका विभिन्न क्षेत्रमा योगबारे विभिन्न चर्चा हुन थालेको पाइन्छ ।

सन् १९९५ देखि स्वामी रामदेव र आचार्य श्री बालकृष्णले हरिद्वारबाट योगलाई मानिसको स्वास्थ्यसँग जोडेर अगाडि बढाए। त्यसपछि क्रमशः मानिसका विभिन्न रोग निको वा कम हुन थाले । यसले योगप्रति मानिसको आकर्षण द्रुत गतिमा बढ्दै गयो । यसरी विभिन्न योगगुरु पनि चर्चामा आउन थाले। अहिले संसारभर नै योग गर्न चाहने मानिस अत्यधिक भेटिन्छन् ।

सन् २०१४, डिसेम्बर ११ तारिखमा संयुक्त राष्ट्रसंघको ६९औं महासभामा योग दिवसको प्रस्ताव राखेपछि जुन २१ लाई विश्व योग दिवसको रूपमा मनाउने निर्णय गरियो । यस वर्षको विश्व नारा ‘बसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् संसार एक परिवार हो भन्ने जनाउँछ । 

यस नारामार्फत योगको नियमित अभ्यासमा कुनै पनि भेदभाव नगरी प्रत्येक व्यक्तिको स्वस्थ अस्तित्वलाई जोड दिइएको छ । नेपालमा भने असार ६ गते ‘मानवताका लागि योग’ (योग फर हुम्यानिटी) भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यसरी नेपाल, भारतमात्र नभई विश्वभर नै योगको महत्व दिनप्रतिदिन बढ्दै गएकाे छ ।

मानिस भौतिक सुख सुविधाको नाममा स्वास्थ्यलाई ख्याल गर्न भुल्दैछ। दिनहुँको तनाव, चिन्ता, डर आदिमा रुमल्लिएको छ । जसका कारण मानिस युवा अवस्थामै विभिन्न शारीरिक एवं मानसिक समस्याबाट पीडित बन्ने गरेका छन् ।

ती समस्या समाधानका लागि अस्पताल, क्लिनिक आदि ठाउँमा जाँदा पनि पूर्णरूपमा समाधान हुन सकेका छैनन् । योगले त्यस्ता समस्यालाई कम गरेको र कतिपय अवस्थामा निर्मूल पनि पारेकाले हिजोआज विश्वभर नै योगप्रति मानिसको विश्वास बढेको छ । 

विभिन्न देशमा योगबाट भएका फाइदा सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसारमा आएको पाइन्छ । आधुनिक औषधि विज्ञानले पनि निको पार्न नसकेका रोगहरूलाई योगले ठीक पारेका धेरै प्रमाण छन् । हिजोआज कुनै पनि क्षेत्रबाट समस्या समाधान नभए योग गरे हुन्छ भन्ने आमधारणा र विश्वास बढेको छ ।

आधुनिक चिकित्सा क्षेत्रमा लागेकाहरूले पनि नियमित योग गर्ने सल्लाह दिन थालेको पाइन्छ । चिकित्सक स्वयं योग गर्नुका साथै बिरामीलाई यसको नियमित अभ्यास गर्न सुझाउने गर्छन् ।

त्यसैले योगलाई विज्ञान पनि भन्ने गरिन्छ । योगमार्फत् शारीरिक रोगहरूबाट मानिसले मुक्ति पाएका छन् भने मानसिक समस्याहरूबाट पनि धेरै हदसम्म फाइदा पुगेको छ । 

त्यसैले नेपाल र केही दक्षिण एसियाली देशमा योगलाई निःशुल्क रूपमा वा कम शुल्कमा सिक्ने सिकाउने व्यवस्था गरिएको छ । युरोप, अमेरिका, चीन, जापानलगायत देशमा भने धेरै महँगो शुल्क तिरेर मात्र योग सिक्न पाइन्छ ।

स्वस्थ जीवनका लागि योग अनिवार्य भइसकेको छ । त्यसैले निजी क्षेत्रमात्र नभई सरकारी क्षेत्र पनि यसमा जोडिन थालेको पाइन्छ । औपचारिक शिक्षामा पनि योगबारे साना कक्षादेखि स्नातकोत्तर तहसम्म पढ्ने व्यवस्था मिलाइएको छ । 

योगलाई खेलको रूपमा पनि विकास गर्ने क्रममा योगसम्बन्धी खेलका संस्थाहरू नेपाललगायत विभिन्न देशमा स्थापना भएका छन् । ती संघसंस्थाले योगासन प्रतियोगितासमेत सञ्चालन गर्दै आएका छन् ।  हालै नेपालमा गत जुन १० देखि १२ सम्म तेस्रो दक्षिण एसियाली योग खेल च्याम्पियनसिप सम्पन्न भएको छ ।

यसरी खेलकुद क्षेत्रमा योगको प्रवेशले स्कुल, कलेज हुँदै विश्वविद्यालय तहमा पनि विद्यार्थीको रुचि दिनप्रतिदिन बढ्दै छ । नेपालमा योगको प्रचारप्रसार व्यापक भए तापनि सहरी क्षेत्रमा सीमित देखिन्छ ।

सहरी क्षेत्रमा मानिसमा चेतनाको विकास भएको र शारीरिक एवं मानसिक समस्या सहरी क्षेत्रमै बढी हुने भएकाले योग अभ्यास पनि यही क्षेत्रका मानिसले बढी गरेको पाइन्छ। विश्व स्तरको योग शिक्षक तालिममा सहभागी हुन धेरै विदेशी नेपालमा आउने गरेका छन् । 

नेपालमा सस्तो शुल्कमा राम्रो योग सिक्न पाइने हुँदा विदेशीको पनि यसमा रुचि बढेको देखिन्छ । गैरसरकारी संस्थाहरूले मात्र नभई सरकारी संघसंस्थाहरूले पनि योगको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका छ ।

आगामी दिनमा योग जनजनसम्म पुर्‍याउनु जरुरी छ । सहरकेन्द्रित योगलाई गाउँगाउँसम्म पुर्‍याउनु आजको आवश्यकता हो । स्थानीय सरकारले पनि योगलाई उत्तिकै महत्त्व दिँदै वार्षिक रूपमा निश्चित बजेट नै छुट्ट्याएर योग केन्द्र वा योग स्कुल खोलेर अभ्यास गराउनुपर्ने देखिन्छ ।

योगले मानिसमा सकारात्मक सोचको विकास गराउँछ। भाइचारा र सेवाको भावना बढाउने हुँदा आपसमा मित्रता बढाउँछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending