कारागार पहिलेको जस्तो रहेनछ, यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी र सबै मिलनसार रहेछन् ।
काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् । अहिले केन्द्रीय कारागार सुन्धाराको एक कोठामा खाँणलाई ६ जना बन्दी सँग राखिएको छ ।
सोही कोठामा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री एमालेका निलम्वित सचिव टोपबहादुर रायमाझी रहेका छन् । असार १ मा जिल्ला अदालत, काठमाडौंले खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे थियाे ।
अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागारमा पुर्याएकाे थियाे । कारागारमा पुगेपछि उनीहरुले कारागार प्रशासनसँग डिल्लीबजार कारागार सरुवा हुन चाहेको बताएका छन् र पुर्व गृहमन्त्री खाँण पनि डिल्लीबजार जान चाहेनचाहेको कारागार प्रशासनले जनाएकाे छ ।
खाँणले केन्द्रीय कारागार नै ठिक भएको बताएका भए पनि उनकाे भित्री चाहना भने डील्लीबजार कारागार जाने रहेकाे बताइएकाे छ । उनले आफु धार्मिक स्वभावको मान्छे भए पनि कर्ममा यस्तै भाेग्न लेख्या रहेछ भनेका छन् ।
उनले भने- 'म धार्मीक मान्छे हुँ जता बसेपनि जेल जेलै हो कारागार पहिलेको जस्तो रहेनछ ।' विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेल आफूले पहिले सोचे जस्तो नभएको बताएका थिए । ‘यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी रहेछन्, सबै मिलनसार’, खाँणको भनाइ उद्धृत गर्दै कारागार स्रोतले जानकरी दिएकाे छ ।
२९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि रहेको छ ।
बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता नरहेको बताएका थिए र देशी–विदेशी शक्तिले आफूलाई फसाएको खाँणले दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: