काठमाडौं । आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको कुरा खुलाएका छन् । घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताएका छन्।
'उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो, र हामी पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं'। उनले पत्रकार सम्मेलनमा भनेका छन्।घिसिङले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताएका छन्।
समस्या आएको बेला पावर प्लान्ट आफैं अफ हुन्छ त्यसैले यहाँ गडबड गरेर निर्यात गर्न पनि मिल्दैन, उनले भने। अहिले नेपालको विद्युत उत्पादन क्षमता २००० मेगावाट पुगेको छ, भने नेपाल विद्युत प्राधिकरणको कुल उत्पादन क्षमता २७०० मेगावाट रहेको छ। सधै क्षमताअनुसार सबै बिजुली उत्पादन नहुने पनि उनी बताउँछन्।
'कुनैकुनै दिन आयोजनाको विद्युत उत्पादनमा अवरोध आउन सक्छ, त्यसो हुँदा पनि २५०० देखि २६०० मेगावाट उत्पादन हुने गर्दछ। हामीले २००० मेगावाट खपत गर्दा पनि ५०० मेगावाट बढी हुन्छ,' उनले बताएका छन् । पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताएका छन् ।
'प्राधिकरणले विद्युत उत्पादकहरूसँग 'टेक अर पे'मा विद्युत खरिद सम्झौता गरेको हुन्छ, यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकोले निर्यात गरिएको' उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन्। 'यहाँ बत्ती जानु प्रणालीमा समस्या आएको कारण हो। यहाँको प्रणाली बिग्रिदा बाहिर पनि निर्यात गर्न मिल्दैन' उनले थपे।
अहिले निर्यात गर्ने बिन्दु ढल्केबर मात्रै रहेको कालिगण्डकीको विद्युत निर्यात गर्दा पनि ढल्केबर नै पुग्नुपर्छ तर, तामाकोशीकै विद्युत पहिले पुग्छ। प्रणाली गयो भने हामीले चाहेर पनि ढल्केबर पुर्याउन सक्दैनौं।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: